रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु « Khabarhub

रास्वपालाई फकाउँदै प्रचण्ड, भने- रविलाई अन्याय हुन नदिन अन्तिमसम्म प्रयास गर्दैछु


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रवि लामिछानेलाई अन्याय हुन नदिन आफू प्रयासरत रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै दाहालले आफूले गरेको प्रयास रास्वपाका नेताहरूले एक दिन बुझ्ने पनि जिकिर गरे ।

गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरणमा रास्वपालाई एक्लै छाडेर सहमति गरेको प्रसंगमा बोल्दै उनले यस्तो भनेका हुन् ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘यसमा अहिले रास्वपालाई धेरै भन्ने पक्षमा छैन । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्न निम्ति अन्तिम समयसम्म प्रयास गरेँ । अझै गर्दैछु । रास्वपाका साथीहरूले एक दिन बुझ्नुहुन्छ’, उनले भने ।

भिजिट भिसा प्रकरण छानबिनका लागि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र तथा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमतिअनुसार पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा सोमबार उच्चस्तरीय छानविन समिति बनेको छ ।

तर, मंगलबार बसेको संसद् बैठकमा रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त समितिलाई अस्वीकार गर्दै गृहमन्त्रीको कर्तुत ढाकछोपको प्रयास भनेका छन्।

यसैबीच मंगलबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूबीच छलफल भएको छ।

उक्त छलफलमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ सहभागी थिए । उता नेकपा एकीकृतबाट अध्यक्ष माधवकुमार नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सहभागी थिए।

छलफलमा सरकारले सोमबार गठन गरेको भिजिट भिसा प्रकरणमा छानबिन समितिबारे छलफल भएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ४ : ५६ बजे

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली