प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक « Khabarhub

प्रचण्ड-माधवसहितका नेताको निष्कर्ष : भिजिट भिसा प्रकरण छानबिन गर्न बनेको समिति सकारात्मक


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच पछिल्लो राजनीतिक घटनाक्रममा छलफल भएको छ ।  

मंगलबार माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा दुई दलबीच पछिल्लो राजनीतिक घटनाक्रम, भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको समिति, समाजवादी मोर्चा लगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन् ।

छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलबीचको सम्बन्ध, सदनको परिस्थितिको समीक्षा, समाजवादी मोर्चालाई अघि बढाउने लगायतका विषयमा सामान्य छलफल भएको बताए  । उनले दुई बुँदे सहमति अनुसार भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाउनु सकारात्मक भएको उल्लेख गरे ।

प्रचण्डले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भनेर आफूले निरन्तर पहल गरिरहेकोले रास्वपाले त्यसलाई बुझ्ने जिकिर गरे ।  

छलफलमा माओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, पम्फा भुसाल , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल लगायत सहभागी थिए । 

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ३३ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको