४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’ « Khabarhub

४०० करोडको फिल्म फ्लप भएपछि तेलुगु निर्माता राजु भन्छन्- ‘फिल्म चल्न कथा नै चाहिन्छ’


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जनवरीमा तेलगु फिल्म ‘गेम चेन्जर’ प्रदर्शनमा आएको थियो । यो फिल्मको लगानी ४०० करोड बताइएको थियो ।

यस फिल्ममा राम चरण र बलिउड नायिका कियारा अडवाणी शीर्ष भूमिकामा थिए । यो फिल्मले बक्स अफिसमा डिजास्टर साबित भयो ।

यो फिल्मको लाइफटाइम ग्रस कलेक्सन १६० करोड हाराहारी मात्रै छ ।

यो फिल्म असफलतबारे निर्माता दिल राजुले मिडियामा खुलेर बोलेका छन् । द टाइम्स अफ इन्डियासँगको कुराकानीमा उनले रोचक कुरा पनि सेयर गरेका छन् ।

सुरुमै उनले फिल्मको व्यापार डिजास्टर भएको स्वीकार गरेका छन् ।

यो फिल्म सम्पादनको क्रममा तनाव भएको उनको भनाइ छ । उनले भने, ‘यो फिल्म फुटेज ७ घण्टाको निस्कियो । जसलाई तीन घण्टामा झार्नु थियो । निर्देशक एस शंकर भिडियो सम्पादकमाथि हाबी बन्दा झन् समस्या भयो ।’

अर्थात्, उनी निर्देशकको काम प्रति असन्तुष्ट देखिएका छन् । अनावश्यक फुटेज खिच्दा बढी खर्च निस्किएको उनको आशय छ ।

थप दर्शकलाई हलमा तान्न फिल्मको ग्रस कलेक्स बढाएर झुटो प्रचारसमेत भएको उनले स्वीकार गरेका छन् । यसलाई उनले आफूहरुको कमजोरी मान्छन् ।

उनले भने, ‘फिल्मको पहिलो दिनको व्यापार १०० करोडले बढाइएको थियो ।’

निर्धारित समयभन्दा ढिला फिल्म तयार भएकाले समेत केही घाटा थप व्यहोर्नु परेको राजुले बताए ।

उनले भने, ‘कलाकारहरु सेयरमा थिए । निर्माण ढिला भएपछि उनीहरुले निश्चित पारिश्रमिक मागे । यसले झन् घाटाको रकम बढ्यो ।’

यो फिल्मबाट आफूले दुई कुरा मुख्य रुपमा सिकेको राजुले बताए । उनले भने, ‘स्टार कलाकार र खर्चिलो निर्देशक मात्र भए पुग्दैन रहेछ । कथा नै बलियो हुनुपर्ने रहेछ ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४३ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग