कोशीमा सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली स्वीकृत « Khabarhub

कोशीमा सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली स्वीकृत


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ । 

यो नियमावलीले यातायात क्षेत्रमा रहेको विकृति, विसङ्गति नियन्त्रण गर्न सजिलो हुनका साथै सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।


बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२ र सामाजिक सङ्घसंस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेशसभामा पेस स्वीकृति प्रदान गरेको छ । 

यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सिनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजका लागि खटाउने निर्णय भएको छ ।
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  २ : ३३ बजे

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु

एनपीएलको दुवै सिजनको आय–व्यय पारित

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को

वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने रास्वपाको निर्णय

काठमाडौं । रास्वपाले वडा र पालिका तहको अधिवेशन दुई चरणमा