ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय « Khabarhub

ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा रहेको वित्त तथा कोष व्यवस्थापन विभाग पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

एमालेले संगठित सदस्यबाट वार्षिक ३ सय रुपैयाँ शुल्क लिन्छ । उक्त रकमसहित ओलीले लेबीबापद् १२ महिनाको तीन लाख रुपैयाँ पनि तिरेका छन् ।

ओलीले लेबी र सदस्यता शुल्कसहित जम्मा तीन लाख तीन सय रुपैयाँ बुझाएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. अधिकारीले बताए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ०१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी