ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय « Khabarhub

ओलीले एमालेलाई तिरे सदस्य शुल्क र लेबीको तीन लाख तीन सय


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा रहेको वित्त तथा कोष व्यवस्थापन विभाग पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

एमालेले संगठित सदस्यबाट वार्षिक ३ सय रुपैयाँ शुल्क लिन्छ । उक्त रकमसहित ओलीले लेबीबापद् १२ महिनाको तीन लाख रुपैयाँ पनि तिरेका छन् ।

ओलीले लेबी र सदस्यता शुल्कसहित जम्मा तीन लाख तीन सय रुपैयाँ बुझाएको एमालेका केन्द्रीय कार्यालय सचिव डा. अधिकारीले बताए ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ०१ बजे

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल