एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो | Khabarhub Khabarhub

एमालेको निष्कर्ष- सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी, सडकको विरोध पनि मत्थर भयो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सात दलीय गठबन्धन सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई बताए ।

‘सरकारले एक वर्ष पूरा गर्न लागेको छ । सरकारको यो एक वर्ष सन्तोषजनक रहेको छ । सबैभन्दा ठूलो कुरा राजनीतिक स्थायित्व बलियो भएको छ’, उनले भने, ‘यसबीचमा अनेक हल्ला चलाइए पनि सरकार दह्रोसँग उभिएको छ । मुलुकको अर्थतन्त्रले पनि लय समातेको छ । सडकको विरोधको स्वर पनि मथ्थर हुँदै गएको छ ।’

उनले चालु आर्थिक वर्षको बजेट अरू (माओवादी केन्द्र) ले बनाएकाले सोचे जस्तो परिणाम आउन नसकेको निष्कर्ष निकालिएको पनि बताए । ‘अरूले नै बनाएको बजेटका कारण गत वर्ष सोचे जस्तो नतिजा आएन’, उनले भने, ‘तर पनि देशमा अहिले सकारात्मक नतिजाहरू देखिन थालेका छन् । समग्रमा देशले एउटा सही दिशा लिएको छ । सरकारमा हाम्रो पार्टीको नेतृत्व प्रभावकारी छ ।’

एमालेले अझै बढी सुशासन र सेवा प्रवाहमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको निष्कर्ष निकालेको पनि उनले बताए । ‘केही आशा लाग्दा र उत्साहजनक खबर आएका छन् । खासगरि दैलेखमा पेट्रोलियम उत्खननको प्रारम्भिक रिपोर्ट आएको छ’, उनले भने, ‘११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको रिपोर्ट आएको छ । त्यो मुलुकको आर्थिक विकासका लागि संवाह बन्न सक्छ ।’

उनले राजावादीतिर लक्षित गर्दै यसबीचमा प्रतिगमनका केही प्रयास र गणतन्त्रविरोधी गतिविधि भए पनि अब ती निष्तेज भइसकेको बताए । ‘जनताको सजगता र सरकारको प्रयासले ती प्रतिगामी प्रयास निष्तेज भएका छन्’, उनले भने, ‘प्रतिगामी गतिविधिहरू अब निष्क्रिय भएकाले देशले सही बाटो समातेको छ ।’

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ३९ बजे

‘जलवायु संकट समाधानमा अन्तरदेशय सहकार्य आवश्यक’

काठमाडौं–  जलवायु परिवर्तनविज्ञहरूले हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित

बौद्धमा मनाइयो रोपाई जात्रा तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बौद्धमा सोमबार रोपाई जात्रा धुमधामका साथ सम्पन्न भएको

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामाथि सुनुवाइ

ढाका- बङ्गलादेशको एक अदालतले पूर्व राष्ट्रपति शेख हसिना र संयुक्त

कुलिङ पिरियडमा गडबडीको छानबिन प्रतिवेदन कार्यान्वयनबारे सभामुखले थाले छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८०

अर्की टिकटकर पनि फिल्ममा डेब्यू गर्दै

काठमाडौं – टिकटकबाट चर्चामा आएर ठूलो पर्दाको अभिनयमा होमिने कलाकारको