दुई शाखा अधिकृतसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर | Khabarhub Khabarhub

दुई शाखा अधिकृतसहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


८ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय भक्तपुरका दुई जना शाखा अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मोटो रकम लिएर नक्कली भारतीय सवारीचालक अनुमतिपत्र नेपालीकरण गरेको आरोपमा अख्तियारले उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

शाखा अधिकृत अनोजकुमार घिमिरे, शाखा अधिकृत कोमलराज निरौला र नायव सुब्बा हेम कुमार वस्नेतले सुन्दर अधिकारीको नाममा भारतीय सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको आरोप छ ।

नक्कली भारतीय सवारी चालक अनुमतिपत्र नेपाली करण गरेको आरोपमा तीनजना कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा सोही ऐनको दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।

सुन्दर अधिकारीको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएअनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी गरिएको छ ।

अधिकारीले भारतीय सवारीचालक अनुमतिपत्रको नेपालीकरणका लागि नक्कली भारतीय सवारीचालक अनुमतिपत्र र दूतावासको नक्कली सिफारिस पेश गरेका थिए । सोही आधारमा यातायात व्यवस्था कार्यलय भक्तपुरका कर्मचारीले निजको नाममा नेपाली सवारीचालक अनुमतिपत्र समेत तयार पारेका थिए ।

यसैबीच,  यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गंभिर सिंह बिष्ट, अधिकृत(सातौं) भुवन जोशी र अधिकृत( छैठौं) जयराज कारीगरविरुद्ध पनि अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

सवारी साधन बिक्री गरी नामसारी गरी दिए बापत सेवाग्राहीसँग १५ हजार घुस लिँदै गर्दा उनीहरुलाई अख्तियारको टोलीले रंगे हात पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ११ बजे

पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह

काठमाडौं– पाकिस्तानमा बाल मजदुरको अवस्था भयावह रहेको पाइएको छ ।

महन्थ ठाकुरको गुनासो : थारू-मधेसीले अधिकार र पहिचान पाएनन्

धनगढी– सत्ता साझेदार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

धरान– सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज

भक्तपुरको कालदहमा मेला, भक्तजनहरूको घुइँचो 

काठमाडौं– जनै पूर्णिमाको अवसरमा भक्तपुरमा रहेको प्राचीन कालदहमा श्रद्धालु भक्तजनहरूको

उदयपुरमा लाखे जात्रा सुरु

उदयपुर– यहाँ नेवार समुदायको लाखे जात्रा सुरु भएको छ ।