खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ | Khabarhub Khabarhub

खैरो हिरोइनसहित नुवाकोटका चार युवा झापामा पक्राउ


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको भद्रपुर–७ आनिमार्गबाट २०० दशमलव ३९ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले प्रदेश ०१–०३–च ०८७७ नं को क्रेटा कार जाँच गर्दा लागुऔषध, कार र उनीहरूले प्रयोग गर्दै आएका मोबाइल बरामद गरिएको हो ।

प्रहरी नायब उपरीक्षक खड्काका अनुसार पक्राउपर्नेमा नुवाकोट बेलकोटगढी–१३ बस्ने वर्ष ३१ को साजन तामाङ, वर्ष ३० को सजिन लामा, वर्ष ३३ को दिपेश लामा र बेलकोटगढी–११ बस्ने वर्ष २३ को राम तामाङ रहेका छन् । उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट सात दिनको म्याद लिइएको उनले बताए ।

पछिल्लो समय लागुऔषध कारोबार तथा ओसारपसारमा निजी सवारी साधनको प्रयोग बढिरहेकाले निगरानी बढाएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूले बताए । उनका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्ममा झापा जिल्लाबाट दुई हजार ४०५ दशमलव १६५ ग्राम लागुऔषध बरामद भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत आव २०८०/०८१ मा दुई हजार १७४ दशमलव १९५ ग्राम र आव २०७९/८० मा एक हजार ५५८ दशमलव ४५९ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको थियो ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १० : २८ बजे

प्रतिकूल मौसमका कारण १७ दिनपछि फाप्लुमा उडान

सोलुखुम्बु– पर्यटकीय जिल्ला सोलुखुम्बुको फाप्लु विमानस्थलमा १७ दिनपछि बुधबार जहाज

प्रधानमन्त्री ओली शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै, यस्तो छ तालिका

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका

५५ वर्ष अघिको वराहक्षेत्र र ऐतिहासिक स्थलहरू

वराहक्षेत्र र त्यसका आसपासका केही स्थलको पुरातात्विक अन्वेषण पुरातत्व विभागले

कपिलले लिन्छन् एक एपिसोडबाट पाँच करोड पारिश्रमिक

काठमाडौं – बलिउड हाँस्य कलाकार कपिल शर्मा टेलिभिजनबाट विश्राम लिइ

अर्को साता इरान र अमेरिकाको वार्ता

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता इरान भ्रमण