केही भूभागमा ठूलो वर्षाको सम्भावना, तराईमा हावाहुरी « Khabarhub

केही भूभागमा ठूलो वर्षाको सम्भावना, तराईमा हावाहुरी


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मधेश प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा धेरै ठूलो वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई भूभाग तथा मधेश प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : ४२ बजे

डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट

भोटेकोशी बाढी : बुधबारसम्म ११ सय १४ शव भेटिए, ९५ को मात्रै सनाखत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले गत बुधबार भोटेकोशी नदीमा आएको भीषण

गण्डकीमा नेसपाका फणीन्द्र तेस्रोपटक मन्त्री नियुक्त (तस्बिरहरू)

काठमाडौं – केन्द्रको सत्ता समीकरणमा आएको परिवर्तनसँगै गण्डकी प्रदेश सरकारमा पनि मन्त्रिपरिषद्

बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि

बाढी प्रभावितलाई लक्ष्मीनिया गाउँपालिकाको ३० लाख सहयोग

जनकपुर– धनुषाको लक्ष्मीनिया गाउँपालिकाले करिब ३० लाख रुपैयाँ सहयोग गर्ने