इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए « Khabarhub

इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

गाजा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्धको लक्षण देखिएको बताइरहेकै समयमा गाजामा इजरायली आक्रमणमा ७८ जना मारिएका छन्।

त्यहाँको स्वास्थ्य श्रोतले जनाए अनुसार मारिनेमा राहत लिनका लागि पालो कुरेर बसेका १४ जना समेत परेका छन्।

गाजाको अल आवदा र अल अक्सा सैन्य अस्पतालका अनुसार बुधबार बिहान नै केन्द्रीय गाजाको नात्जारियन जक्सनमा नौ जान मारिनुका साथै धेरै जना मारिए। गत महिना ह्युमनटेरियन फाउन्डेसनले राहत वितरण गर्न सुरु गरेयता भएको यो पछिल्लो आक्रमण हो।

समाचारका अनुसार गाजामा इजरायली सैन्य अड्डा र राहत केन्द्र एकदमै नजिक छ। त्यहाँ ठुलो भीड जम्मा हुने बित्तिकै इजरायली आक्रमणको खतरा बढ्ने गरेको छ। राहतका लागि एक व्यक्तिलाई २० मिनेटको समय दिइन्छ। त्यस २० मिनेटको समय भन्दा बढी समय लगाएमा बन्दुक पड्काउन सुरु गरिन्छ। यसै कारण धेरैको ज्यान जाने गरेको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ९ : ४० बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज