पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी | Khabarhub Khabarhub

पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पाल्पा– ज्येष्ठ नागरिकलाई लक्षित गर्दै पाल्पाको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनको तयारी गरिएको छ । रामपुर नगरपालिका– ५ स्थित कालीगण्डकी नदीको तहमा रहेको रामघाटमा ज्येष्ठ नागरिक स्कुल सञ्चालनका लागि आवश्यक संरचना तयार पारिएको छ ।

लक्ष्मीनारायण गुठी सञ्चालन समिति मातहतमा रामपुर नगरपालिकाको सहयोगमा स्कुल चलाइने छ । आगामी आर्थिक वर्षदेखि स्कुल चलाउने योजनाअनुसार सबै सामानको बन्दोबस्त भइरहेको लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए ।

रामपुर नगरपालिकाको सहयोगमा सञ्चालन हुने ज्येष्ठ नागरिक विद्यालयमा ६० वर्षदेखि माथिका ज्येष्ठ नागरिकलाई समावेश गरिनेछ । नगरपालिकाका १० वटै वडामा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई दैनिक रामघाटसम्म आवतजावतका लागि यातायात सेवा, स्कुलमा रहँदा खाने–बस्नेलगायतका आवश्यक सेवासुविधा नगरपालिकाले बेहोर्ने नगरप्रमुख रमणबहादुर थापाले बताए ।

‘बिहान १० बजेदेखि ज्येष्ठ नागरिकलाई ल्याउने र साँझ आरती सकेर घरघरमा पु¥याइनेछ, यसको सबै प्रबन्ध नगरले गर्नेछ, ज्येष्ठ नागरिकलाई अबका दिन खुसीसँग बिताउन नगरले विद्यालय नै चलाउने तयारी गरिरहेको छ, विद्यालय सञ्चालनका लागि चाहिने आवश्यक पूर्वाधार, सामग्री तयारी अवस्थामा रहेकाले चाँडै सुरुवात गर्छौँ,’ नगरप्रमुख थापाले भने ।

ज्येष्ठ नागरिक स्कुलमा धार्मिक कक्षा, मनोसामाजिक परामर्श कक्षा र मनोरञ्जन कक्षा सञ्चालन गरिने नगरप्रमुख थापाले बताए । स्कुलमा ज्येष्ठ नागरिकको नियमित स्वास्थ्य परीक्षण हुनेछ । हाललाई सातवटा कोठा कक्षा सञ्चालनका लागि प्रयोग गर्न मिल्ने खालको छ । रातिमा बसोबास गर्न इच्छुक नागरिकलाई धर्माश्रमको व्यवस्था मिलाइएको छ ।

रामपुर नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रममा ज्येष्ठ नागरिक विद्यालयलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन धार्मिक ग्रन्थसहितको पुस्तकालय, प्रवचन, अन्तरपुस्ता सीप हस्तान्तरण, वाद्यवादन सामग्री, ज्येष्ठ नागरिक सम्मान, दिवा खाजा व्यवस्था, दैनिक स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम सञ्चालन गरिने समेटिएको नगरप्रमुख थापाले जानकारी दिए ।

कालीगण्डकी नदीको किनारमा रहेको यस रामघाटधाम रामतपोभूमि रहेको हुँदा यहाँ अवलोकन तथा धार्मिक क्रियाकलापका लागि पर्यटक तथा भक्तजन आउने क्रम बढ्दो छ । त्रेतायुगमा भगवान् रामचन्द्रले बनबास जाने क्रममा यहाँ आएर स्नान गरेको हुनाले यो स्थानलाई रामघाट नामकरण गरिएको हो । कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि देशका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन अवलोकन तथा स्नान, पूजापाठ गर्न यहाँ आउने गरेका छन् ।

रामघाटसम्म पुग्ने सडकमार्ग स्तरोन्नति, आवश्यक भौतिक संरचना निर्माण भएपछि सजिलो भएको छ ।

समितिले २०७४ देखि दशवर्षे गुरुयोजना बनाएर क्रमिक रुपमा पर्यटकीय पूर्वाधार विकासका कामहरु गर्दै आइरहेको छ । रामनवमी, कृष्णजन्माष्टमीलगायतका विभिन्न पर्वमा धार्मिक मेला लाग्ने गर्दछ ।

धामको रेखदेख, मन्दिरमा दैनिक पूजापाठका लागि दुईजना पुजारी व्यवस्था गरिएको छ । पुजारी र महन्त निवास, खानेपानी, शौचालय, विद्युत्, इन्टरनेट, पुरानो लक्ष्मीनारायण मन्दिर पुनःनिर्माण, पुरानो पौवा निर्माण, ३० जना अट्ने क्षमताको धर्मशाला, ३०० अट्ने क्षमताको सभाहल भोजनालय, विवाह, व्रतबन्ध मण्डप, प्रवेशद्वार, उद्यान, फलफूल बगैँचा, चौतारीलगायतका संरचना निर्माण गरिएको छ ।

मन्दिरको पश्चिमपट्टि महादेव उद्यान र उद्यानको चारैतिर कुनामा चार स्तम्भ छन् । जहाँ शालिग्राम सजाइएको छ । त्रिदेव मन्दिर निर्माणको काम भइरहेको छ । जहाँ पहिलो तलामा ऋषिमुनि, पितृको ३० वटा मूर्ति, दोस्रो तलामा विभिन्न देवीदेवताको ३० वटा मूर्ति, तेस्रो तलामा ब्रह्मा, विष्णु, महेश्वर, राम लक्ष्मण, सीता र राधाकृष्णको मूर्ति राखिनेछ ।

गुरुयोजनाअनुसार वनभोजस्थल, गुरुकुल, विवाहमण्डप, कोटीहोम, एउटा थप हल निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १० : १३ बजे

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई

गिजोलियो शिक्षा विधेयक, सहमति जुटाउन भन्दै उपसमितिमै फर्काइयो

काठमाडौं- प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय

सलमान खान बने क्रिकेट टिमको मालिक

काठमाडौं – बलिउड नायक सलमान खान क्रिकेट टिमको मालिक बनेका

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र