आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री | Khabarhub Khabarhub

आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्छौँ :  गृहमन्त्री


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षभित्र लागूऔषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका छन् ।  

लागूऔषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवसका अवसरमा गृह मन्त्रालयले बिहीबार काठमाडौंमा आयोजना गरेको मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले आगामी आर्थिक वर्षभित्र गृहमन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण विभाग स्थापना गर्ने बताएका हुन्  ।

लागूऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । उनले आत्महत्या, सडक दुर्घटना र विद्युतीय अपराधको जड ‘लागूऔषध’ भएकाले त्यसको न्यूनीकरण तथा नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

देशभरका कारागारमा रहेका कैदीहरुमध्ये दोस्रो ठूलो संख्या लागूऔषधसम्बन्धी मुद्दाका कैदी रहेको भन्दै उनले लागूऔषध नियन्त्रणमा अझै पनि चुनौती देखिएको धारणा राखे  ।  

त्यस्तै प्रहरी महानिरीक्षक दीपक थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी गम्भीर भएर लागेको भन्दै सबै यसका विरुद्ध एकजुट लाग्नुपर्ने बताए  । 

उनले लागूऔषधका कारण शान्तिसुरक्षामा प्रतिकुल प्रभाव पर्ने भएकाले यसका विरुद्ध सामूहिक प्रतिबद्धता आजको आवश्यकता रहेको धारणा राखे । 

उनले बिहीबार मात्रै बिरगंजबाट झण्डै साढे तीन सय क्वीन्टल चरेश बरामद गरिएको र केहीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिबद्धता : लागूऔषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ नेपालमा लागू औषध दुरुपयोग तथा अवैध ओसार–पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको हो । हरेक वर्षको जुन २६ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २० बजे

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

काठमाडौं – भारतको छत्तीसगढ राज्यमा सुरक्षाकर्मीहरू र सशस्त्र नक्सली समूहबीच

पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

मुस्ताङ – बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै

प्रधानन्यायाधीशद्वारा सैनिक विशेष अदालतको निरीक्षण

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतबाट न्यायिक निकायहरुको

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

वाशिङ्टन – अमेरिकी अर्थतन्त्र सन् २०२५ को पहिलो तीन महिनामा