सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने « Khabarhub

सर्वोच्चका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच उजुरी, आइतबार सुनुवाइ हुने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेका छन् ।  

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी खोलिएको थियो । जसमध्ये तीन न्यायाधीशविरुद्ध पाँच वटा उजुरी परेको समिति सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् । 

त्यस्तै समितिको कार्यक्षेत्रभित्र नपर्ने अन्य दुई वटा उजुरी समेत प्राप्त भएको उनले बताइन् । उजुरीका विषयमा छलफल गर्न शुक्रबार बस्ने समिति बैठकमा उजुरीकर्तालाई बोलाइएको सभापति न्यौपानेले जानकारी दिइन् ।

उजुरीकर्तासँग छलफल गरेपछि असार १५ गते प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका पारित गरिएको सभापति न्यौपानेले जानकारी दिइन् ।  

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल,उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

त्यस्तै न्याय परिषद् सदस्यमा सिफारिस महेश कुमार नेपालको संसदीय सुनुवाइ पनि सँगसँगै अघि बढ्ने समितिले जनाएको छ । नेपालविरुद्ध कुनै पनि उजुरी नपरेको सभापति न्यौपानेले बताइन् । 

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  १२ : २९ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२