कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने « Khabarhub

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ । 

प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहने छ । 

कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका अनुसार प्रशिक्षण कार्यक्रममा हरेक प्रदेश सभा निर्वाचन क्षेत्रबाट तीन जनामध्ये एक जना महिला अनिवार्य गरिएको छ । 

उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रशिक्षण प्रतिष्ठानले बागमती प्रदेशबाट प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको हो । 

प्रतिष्ठानले अब यसपछि कर्णाली प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको तयारी गरेको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ५ : २२ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली