वैदिक पुनर्जागरणको शुभ संकेत : मन्त्री पाण्डे « Khabarhub

सन्दर्भ : विश्व संस्कृत सम्मेलन

वैदिक पुनर्जागरणको शुभ संकेत : मन्त्री पाण्डे


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।

 सम्मेलनलाई सम्बोधन गर्दै  मन्त्री पाण्डेले संस्कृत भाषा नेपालमा केवल भाषा नभई शासन, साहित्य, जीवन दर्शन र सामाजिक संरचनाको आधार भएको दावी गरे । 

उनले नेपालका हिमाल, नदी, पहाड र हावापानी स्वयं साधकहरूलाई प्रेरणा दिने तत्व भएको उल्लेख गर्दै भने, ‘नेपालको हावा, पहाड, नदी, हिमाल लगायत सम्पूर्ण वातावरण साधनाको ऊर्जा दिने खालको छ।’

सम्मेलनमा विश्वका २० भन्दा बढी विश्वविद्यालयका कुलपति तथा उपकुलपति, तथा विविध शास्त्रका ज्ञाताहरूको सहभागिता उल्लेखनीय भएको बताउँदै मन्त्री पाण्डेले यस सम्मेलनलाई पूर्वीय ज्ञान र वैदिक चिन्तनको ‘महाकुम्भ’ को संज्ञा दिए ।

सम्बोधनका क्रममा उनले नेपालका धार्मिक स्थलहरूको भ्रमण गर्न आग्रह गरे जहाँ अझै पनि वैदिक मन्त्रहरूको गुञ्जन सुनिन्छ। उनले पशुपतिनाथ, लुम्बिनी, गण्डकी नदी र जनकपुरलाई तीर्थस्थलका रूपमा स्मरण गर्दै भने, ‘नेपालमा आज पनि वैदिक संस्कार र संस्कृतिको दिव्य अनुभूति पाउन सकिन्छ।’

नेपालका सांस्कृतिक धरोहरहरू र वैदिक परम्पराको ऐतिहासिक गाथा प्रस्तुत गर्दै मन्त्री पाण्डेले पाणिनि, कपिलमुनि, वेदव्यास, वाल्मीकि, राजर्षि जनक, याज्ञवल्क्य र भगवान गौतम बुद्धजस्ता महापुरुषहरूका योगदान स्मरण गरे । उनले यो भूमि पुनः वैदिक वातावरण सिर्जनाको बाटोमा अघि बढिरहेको बताउँदै त्यस कार्यमा अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको धारणा व्यक्त गरे।

अन्त्यमा, मन्त्री पाण्डेले नेपाल आएका विदेशी प्रतिनिधिहरूलाई सम्मेलन अवधिको बसाइ सुखद, लाभदायी र स्मरणीय होस् भन्ने शुभकामना समेत  व्यक्त गरे।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : १४ बजे

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र

जेन-जी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले मुलुकमा विद्यमान राजनीतिक, प्रशासनिक र

महाधिवेशनका स्वयंसेवकलाई एमालेको सम्मान र प्रमाणपत्र (तस्बिरहरू)

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका