‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’ « Khabarhub

‘प्रधानमन्त्री ओलीविरुद्ध हमला बढ्यो, प्रतिरोधमा उत्रिनू’


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका मूल नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति हमला बढेको बताएका छन् ।

ओलीविरुद्ध आक्रमण बढेकाले प्रतिरोध गर्न एमालेका नेता कार्यकर्तालाई उनले बिहीबार निर्देशन दिएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई बिहीबार टोखामा सम्बोधन गर्दै महासचिव पोखरेलले आज ओलीलाई हमला गर्नेले भोलि कसैलाई बाँकी नराख्ने बताए ।

‘आज एउटा नेतालाई हमला गर्नेले भोलि अरुलाई पनि बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई निस्तेज पार्नुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई जुन आक्रमणको निशाना बनाइएको छ । यो कुरालाई निस्तेज नगरे भोलि अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ । ’

उनले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरू राख्दा माओवादी, समाजवादी, बालेन साह र राष्ट्रिय स्वतन्त्र पार्टीसहितका शक्तिहरूले आक्रमण गर्ने गरेको बताए ।

यस्तो आक्रमणबाट कति हतोत्साहित नहुन उनले कार्यकर्ताहरूलाई सम्झाएका छन् । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी,पारिवारिक तस्बर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भने, ‘एमालेहरूले त्यसो गर्न सुहाउँदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्छ । ’

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ५५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी