सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना « Khabarhub

सहयोग प्याकेजसहित इरानलाई वार्तामा ल्याउने अमेरिकी योजना


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले इरानलाई वार्ताको टेबलमा ल्याउनका लागि थुप्रै सहयोगका प्याकेज अघि सार्ने तयारी गरेको समाचार बाहिरिएको छ।

सिएनएनमा जनाइएको समाचार अनुसार ३० अर्ब अमेरिकी डलर बराबरको आणविक ऊर्जा केन्द्र निर्माण र प्रतिबन्ध फुकुवा लगायत अन्य आर्थिक कार्यक्रमको तयारी अमेरिकाले गरेको हो।

औपचारिक रूपमा कसैले दाबी नगरे पनि सिएनएनले आफ्नो श्रोतलाई उद्धृत गर्दै यो समाचार प्रकाशित गरेको हो।

श्रोतका अनुसार पछिल्लो दुई सातासम्म इरान र इजरायलले युद्ध गरिरहेको समयमा अमेरिका र मध्यपूर्वका मुख्य खेलाडीले वार्ताको प्रयास गरिरहेका थिए।

अमेरिकाले इरानमा आक्रमण गरेको एक दिन अघि समेत मध्यपूर्वमा रहेका धेरै देशका अधिकारी र त्यहाँका लागि अमेरिकी दूत स्टिफ विटकोफले इरानलाई गर्ने सहयोगको विषयमा ड्राफ्ट गरेका थिए।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ४९ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर