इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ | Khabarhub Khabarhub

इजरायली रक्षा मन्त्रीको खुलासा- इरानी सर्वोच्च नेता खामेनेईलाई मार्न खोजेका थियौँ


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इजरायली रक्षा मन्त्री इजराइल काट्जले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईलाई मार्न चाहेको खुलासा गरेका छन् ।

इजरायलले इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनेईलाई मार्न चाहेको खुलासा उनले एक अन्तर्वार्ताका क्रममा गरेका हुन् ।

इजरायली टेलिभिजन च्यानल १३ सँगको अन्तर्वार्तामा उनले भने, ‘यदि खामेनेई हाम्रो पहुँचमा हुन्थे भने, हामीले भेटेका थियौँ भने उनलाई मार्ने थियौं।’

काट्जले खामेनेईको हत्या गर्न खोजे पनि त्यस्तो अवसर नमिलेको उनले बताएका छन् । ‘हामीले खामेनेईलाई समाप्त गर्न चाह्यौँ, तर त्यसको कुनै अवसर थिएन’, उनले भने ।

त्यसक्रममा पत्रकारहरूले उनलाई सोधेका थिए, ‘त्यसका लागि इजरायलले अमेरिकासँग अनुमति मागेको थियो ?’, जवाफमा उनले भने, ‘हामीलाई यस्ता कुराका लागि कसैको अनुमति आवश्यक पर्दैन ।’

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि रक्षा मन्त्री पीट हेगसेथले पनि २२ जुनको अमेरिकी आक्रमणमा इरानका सबै परमाणु स्थलहरू पूर्ण रूपमा ध्वस्त भएका बताएका छन्। पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा उनले ज्वाइन्ट चिफ अफ स्टाफ प्रमुख जनरल ड्यान केनसँग संयुक्त रूपमा जानकारी दिए।

‘इरानमा अमेरिकाको आक्रमण ऐतिहासिक रूपमा अत्यन्त सफल थियो’, उनले भने । सीएनएन र न्यूयोर्क टाइम्सले इरानी परमाणु कार्यक्रममा अमेरिकी आक्रमणबाट सामान्य क्षति मात्रै पुगेको समाचार प्रकाशित गरिरहेका बेला उनले यस्तो बताएका हुन् ।

अर्कातिर इजरायली सेनाले इरानसँगको १२ दिनको संघर्षमा आफ्ना सबै लक्ष्य पूरा गरेको जनाएको छ । उक्त अपरेशनलाई ‘अपरेशन राइजिङ लायन’ नाम दिइएको थियो। सेनाले यसलाई साहसी, सटिक र सफल भनेको छ।

‘१२ दिनभित्रै हामीले लक्ष्य पूरा गर्‍यौं । इरानको भित्री भागमा गहिरो प्रहार गर्‍यौं। यसले इरानको सैन्य परमाणु कार्यक्रम, ब्यालिस्टिक क्षमतामा ठूलो क्षति पुर्‍यायो, इजरायलविरुद्ध षड्यन्त्र गर्ने प्रमुख व्यक्तिहरूलाई समाप्त गरियो’, सेनाले भनेको छ।

इजरायली रक्षा मन्त्री काट्जले यदि इजरायललाई पुनः इरानबाट खतरा महसुस भए फेरि आक्रमण गर्ने चेतावनी दिएका । यसपटकको आक्रमण गाजा वा लेबनानभन्दा सय गुणा ठूलो हुने पनि उनले चेतावनी दिएका छन् ।

उता इरानका तीनवटा प्रमुख परमाणु केन्द्रहरूमा गरिएका अमेरिकी आक्रमणबारे बिहीबार अमेरिकी सिनेट सदस्यहरूलाई गोप्य रूपमा जानकारी दिइएको छ ।

यसमा सीआईए निर्देशक, विदेश मन्त्री मार्को रूबियो, रक्षा मन्त्री हेगसेथ र जनरल ड्यान केन सहभागी थिए। यसैबीच इरानी विदेश मन्त्री अब्बास अराघचीले हालसम्म अमेरिका र इरानबीच वार्ताको कुनै योजना नरहेको बताएका छन् । अघिल्लो पाँचपटक वार्ता भइसके पनि अबको वार्ता इरानको हितमा हुने नहुने हेरेर अघि बढ्ने उनले बताए ।

अराघचीले १२ दिनसम्म चलेको इजरायलसँगको युद्धमा इरानका परमाणु केन्द्रहरूमा गम्भीर क्षति पुगेको बताएका छन् । अब यसको क्षतिपूर्तिका लागि कूटनीतिक एजेन्डामा समावेश गरिएको उनले बताए ।

इरान अब अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) सँगको सहकार्य अन्त्य गर्ने निष्कर्षमा पुगेको छ। संसद्ले यसका लागि विधेयक पारित गरिसकेको छ। अब त्यसलाई लागू गरिने इरानले जनाएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १२ : ४५ बजे

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका

एकीकृत समाजवादीद्वारा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको

कैलालीको सुखडमा मदन जयन्ती विशेष विचार गोष्ठी हुने

धनगढी – जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा मदन

पूर्वराष्ट्रपति भण्डारीले शनिबार राजनीतिमा फर्किएको घोषणा गर्न सक्ने

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार नेकपा (एमाले) को सक्रिय राजनीतिमा