हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा « Khabarhub

हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका मुख्यमुख्य चोक परिक्रममा गरेर फेरि मन्दिर प्राङ्गणमा आएर रथयात्रा समापन भएको हो । 

बाजागाजा, झाँकी, डिजेसहित रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएर घण्टाघर, रेल्वेरोड, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक हुँदै श्रीराम सिनेमाहल विर्तामाई दुर्गा मन्दिर, अलखिया मठमन्दिर, राणीसती, आदर्शनगर, महावीर मन्दिर हुँदै पुनःगहवामाई मन्दिरमा आएर रथयात्रा टुङ्गिएको हो । 

रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति थियो । जसमा महिला, बालबालिका र अन्य समूहका दशनार्थीको घुइँचो देखिन्थ्यो । रथयात्रा आषाढ शुक्ल पक्ष द्वितीया तिथीका दिन गर्ने गरिन्छ ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलले शुक्रबार भव्य कार्यक्रमबीच गहवामाईको तेस्रो रथयात्रा गरिएको जानकारी दिए । 

‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौँ’, उनले भने, ‘यो वर्ष विगतको तुलनामा धेरै दशनार्थी सहभागिता भएको अनुमान गरेका छौँ ।’ 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले गहवामाईको रथयात्रा शान्त र सौहार्दपूर्ण वातावरणमा भएको जानकारी दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले गहवामाईको रथयात्रा समापन भए पनि अत्यधिक दशनार्थीको चाप भने बिस्तारै घट्ने क्रममा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ४० बजे

आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष