हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा | Khabarhub Khabarhub

हजारौँ दशनार्थीको सहभागितामा गहवामाई रथयात्रा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जको प्रख्यात गहवामाईको तेस्रो रथयात्रा शुक्रबार मनाइएको छ । गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा आज बिहान ७ः३० बजेदेखि रथयात्रा शुभारम्भ गरेर वीरगञ्जका मुख्यमुख्य चोक परिक्रममा गरेर फेरि मन्दिर प्राङ्गणमा आएर रथयात्रा समापन भएको हो । 

बाजागाजा, झाँकी, डिजेसहित रथयात्रा गहवामाई मन्दिर प्राङ्गणबाट सुरु भएर घण्टाघर, रेल्वेरोड, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको शालिक हुँदै श्रीराम सिनेमाहल विर्तामाई दुर्गा मन्दिर, अलखिया मठमन्दिर, राणीसती, आदर्शनगर, महावीर मन्दिर हुँदै पुनःगहवामाई मन्दिरमा आएर रथयात्रा टुङ्गिएको हो । 

रथयात्रामा हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति थियो । जसमा महिला, बालबालिका र अन्य समूहका दशनार्थीको घुइँचो देखिन्थ्यो । रथयात्रा आषाढ शुक्ल पक्ष द्वितीया तिथीका दिन गर्ने गरिन्छ ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलले शुक्रबार भव्य कार्यक्रमबीच गहवामाईको तेस्रो रथयात्रा गरिएको जानकारी दिए । 

‘विगत दुई वर्षदेखि वीरगञ्जमा ५० हजारभन्दा धेरै दशनार्थीको उपस्थितिमा गहवामाई रथयात्रा गर्दै आइरहेका छौँ’, उनले भने, ‘यो वर्ष विगतको तुलनामा धेरै दशनार्थी सहभागिता भएको अनुमान गरेका छौँ ।’ 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालले गहवामाईको रथयात्रा शान्त र सौहार्दपूर्ण वातावरणमा भएको जानकारी दिए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले गहवामाईको रथयात्रा समापन भए पनि अत्यधिक दशनार्थीको चाप भने बिस्तारै घट्ने क्रममा रहेको जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ४० बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान