रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री | Khabarhub Khabarhub

रोजगारीका लागि प्रविधि प्रयोग गर्ने सीपयुक्त जनशक्ति तयार गर्नुपर्छ : श्रममन्त्री


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंहह भण्डारीले रोजगारीका लागि प्रविधिको प्रयोग गर्न सक्ने सीपयुक्त दक्षजनशक्ति तयार गर्नुपर्ने बताएका छन् । 

शुक्रवार मन्त्रालयमा आयोजित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले विश्वको बदलिँदो परिवेशमा प्रविधि प्रयोगको ज्ञान, सीप र क्षमता भएका दक्ष शक्ति उत्पादन गर्न सके रोजगारीको लागि धेरै चिन्ता गर्नु नपर्ने बताएका हुन । 

मन्त्री भण्डारीले अब श्रमको बारेमा अध्ययनको आवश्यकता रहेको विषयमा जोड दिँदैँ काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा डिप्लोमा इन लेवर स्टडिज कोर्ष सञ्चालन गर्ने गृहकार्य र छलफल अगाडि बढी रहेको बताए । 

उनले सूचनाको अभावमा स्वदेशी होस वा वैदेशिक रोजगारीका लागि उपलब्ध भएका अवसरहरू पनि सही सदुपयोग गर्न नसकेको अवस्थालाई चिर्नका लागि सूचना पुर्‍याउने निकायहरूलाई सक्षम बनाउनु पर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले  श्रम मन्त्रालयले दिने सबै सेवाहरू एकीकृत रूपमा प्रवाह गर्नका लागि ७ सय ५३ स्थानीय तहबाट स्थापना गरिएको रोजगार सेवा केन्द्र मार्फत सूचना प्रवाह गर्ने काम भई रहेको बताए । श्रम मन्त्रालयबाट प्रवाह हुने सबै सेवाहरूलाई डिजिटलाइलेसन गर्ने प्रक्रियामा अगाडि बढी रहेको उनको भनाई छ । 

उनले श्रम र आप्रवासनको क्षेत्रलाई सर्वसुलभ बनाउन महत्त्वपूर्ण भूमिका खेल्नु स्वीटजरल्याण्ड सरकार र स्वीस कन्ट्याक्टलाई सहयोगको लागि आभार प्रकट गरे । अगामी दिनमा पनि निरन्तर सहयोगको लागि आव्हान समेत गरे । 

मन्त्री भण्डारीले नेपालमा पहिलो पटक राष्ट्रिय आप्रवासन नीति करिब करिब टुंगिने अवस्थामा पुगेको जानकारी गराउँदै छिट्टै मन्त्रिपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे । 

उक्त अवसरमा श्रम, रोजगार तथा आप्रवासन सम्बन्धमा क्षमता विकास लागि स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, वैदेशिक रोजगार बोर्ड र हेल्भेटास नेपालबीच त्रिपक्षीय एक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । 

श्रम सचिव डा. कृष्णहरि पुष्करले तालिम र सीपको बीचमा तादाम्यता नहुने, आवश्यकता र तालिमको बीचमा पनि तादाम्यता नहुने, एकै व्यक्तिले धेरै तालिम लिएको अवस्थामा यसलाई व्यवस्थापन गर्नका लागि यस त्रिपक्षीय समझदारीले सहयोग विश्वास व्यक्त गरे । 

उनले तीन वटै संस्थाले एक अर्कालाई सहयोग, सहकार्य र प्रशंसा गर्दै श्रम आप्रवासनको कामलाई उच्च स्तरमा पुर्‍याउने आशा लिएको बताए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ३ : ५१ बजे

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि

काठमाडौं – एसइईको पूरक परीक्षा साउनमा हुने भएको छ ।

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान