कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा « Khabarhub

कुनै एक पार्टीलाई बहुमत ल्याउन कठिन छ : सभापति देउवा


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा भएको निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनैपनि पार्टीलाई बहुमत ल्याउन कठिन हुने धारणा राखेका छन् । 

नेपाली कांग्रेस चितवनले शुक्रबार आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौँ दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले अहिलेको संविधानमा समावेशी र समानुपातिक व्यवस्थाले कुनै एउटा दललाई बहुमत ल्याउने अवस्था नहरेको उल्लेख गरे । 

नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको उनको भनाइ थियो । उनले भने, ‘यही यही पार्टीको सभापति भए, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन ।’ निर्वाचनमा एक जनाले मात्र टिकट पाउने भएकाले टिकट नपाउनेले पाउनेलाई सहयोग गरेर अघि बढ्न सके पार्टी बलियो हुने उनको भनाइ थियो । 

कांग्रेसभित्रको रोग हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले सच्चा मनले एक भए संविधानलाई बचाउँदै एकल बहुमत ल्याउन सक्ने पार्टी बनाउन आवश्यक रहेको उल्लेख गरे । 

गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उनीहरूले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको उनको भनाइ थियो । प्रधान परिवार प्रजातन्त्रमा आस्था राख्ने समाजसेवी र सहयोगी मनको भएको भन्दै उनले आफू पनि प्रधान परिवारसँग नजिक भएको स्मरण गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठले नेपाललाई संवृद्ध बनाउने पार्टी कांग्रेस भएको बताए । इतिहासलाई सम्झेर जनताको चाहनाअनुसार पार्टीलाई अघि बढाउन सके कांग्रेस बलियो बन्ने उनको भनाइ थियो । 

कांग्रेस नेता बिमलेन्द्र निधिले गठबन्धन आवश्यकता र परिस्थिति हेरेर गर्न सकिने बताए । एक्लै बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गरेर ठूलो दलका रुपमा आउन सकिने उनले बताए ।

नेता डा शशाङ्क कोइरालाले कांग्रेसलाई बलियो बनाउन सके संविधानको रक्षा हुने बताए । लोकतान्त्रिक आन्दोलनमा गौरीदेवी प्रधानको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै उनले आगामी दिनमा लोकतान्त्रिक आन्दोलनका योद्धाहरूको योगदानलाई सम्मान गर्दै अघि बढ्नु पर्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले गौरीदेवी प्रधानले नेपालको हरेक आन्दोलनमा खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए  ।
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ४ : ०७ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२