‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’ « Khabarhub

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको काँक्रेविहारलाई कर्णालीको आर्थिक विकासको केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित ‘काँक्रेविहार खोज, अनुसन्धान तथा पर्यटन महोत्सव एवं युवा, बालबालिका तथा विद्यार्थी सम्मेलन’ लाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले काँक्रेविहारको महत्त्व बुझ्न र सम्भावनालाई उजागर गराउन सरोकार भएका सबै एकजुट हुनुपर्नेमा जोड दिए  ।

उनले भने, ‘काँक्रेविहारलाई पर्यटकीय रूपमा लुम्बिनी प्रदेशसँग जोड्न सके यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बन्न सक्छ ।’ यो धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण क्षेत्र रहेकाले यसको प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सके यसले समग्र कर्णाली प्रदेशको आर्थिक स्वरूप परिवर्तन हुने उनको भनाइ छ ।

काँक्रेविहारलाई खुला चिडियाखानाका रूपमा विकास गर्न चरणबद्ध योजना बनाएर कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले त्यसले शिक्षा, पर्यटन र रोजगारीका क्षेत्रमा सम्भावना खोल्दै जाने विश्वास व्यक्त गरे । 

‘पर्यटकीय पूर्वाधार, सूचना प्रविधि, वातावरण संरक्षण र स्थानीय सहभागितामार्फत काँक्रेविहारलाई व्यवस्थित गर्ने योजना जरुरी छ’, उनले भने, ‘हामीले विकासको कुरा मात्र नगरी सम्भावना बोकेका क्षेत्रको पर्यटन प्रवर्द्धनमा सबै मिलेर प्रभावकारी पहल गर्न जरुरी छ ।’

तीनै तहका सरकार, नागरिक समाज, अनुसन्धानकर्ता, विद्यार्थी र निजी क्षेत्रबीचको सहकार्य र समन्वयबाट काँक्रेविहारको पहिचान विस्तार गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए । 

उनले यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा सहभागी भई उद्यमशीलताको अवसर खोज्न स्थानीय युवालाई आह्वान गरे । कार्यक्रममा विभिन्न तहका विद्यार्थी, युवा अभियन्ता, अनुसन्धानकर्ताको उपस्थिति थियो ।
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ६ : ५३ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली