उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु « Khabarhub

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र माइक्रोबस ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ र चार जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यम ‘डोस्टोर’ का अनुसार, मृतकहरू ५ देखि १८ वर्ष उमेरका थिए र अधिकांश काफर सनाबिसाह गाउँका बासिन्दा हुन्।

दुर्घटनापछि मेनुफियाको स्वास्थ्य निर्देशनालयले सबै सरकारी अस्पतालमा आपत्कालीन स्थिति घोषणा गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, माइक्रोबस तीव्र गतिमा यु-टर्न लिँदै गर्दा ट्रकसँग ठोक्किएको हो ।

हालै सरकारले सडकहरू सुधार गर्ने प्रयास गरे तापनि, लापरवाह ड्राइभिङ र कमजोर सडक अवस्थाका कारण इजिप्टमा यस्ता घातक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् । रासस

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०० बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली