खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड « Khabarhub

खेल र चलचित्र क्षेत्रको विकासलाई महत्त्व दिँदै आएको छु : अध्यक्ष प्रचण्ड


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र विधेयक २०८१ माथिको पुनरावलोकनका लागि सरोकारवालासँग छलफल गरेका छन् । 

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित छलफलमा राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिका सदस्यहरू, चलचित्रकर्मी सङ्घ तथा अन्य सरोकारवाला सहभागी भए ।

कार्यक्रममा अध्यक्ष दाहालले चलचित्र विधेयकको संवेदनशीलता बुझेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले राजनीतिक नेतृत्वले खेल र चलचित्र जस्ता विषयमा ध्यान कम दिने गरेको उल्लेख गर्दै आफूले खेल र चलचित्र क्षेत्रलाई महत्त्व दिएर अगाडि बढाउन प्रयास गर्दै आएको बताए। ‘ प्रधानमन्त्री भएपछि खेल र चलचित्र क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्छ भनेर महत्त्व दिँदै आएको छु’, उनले भने ।

चलचित्र क्षेत्रलाई मनोरञ्जनको मात्र विषय नभई समाज रूपान्तरणको साधनका रूपमा पनि लिनुपर्ने उनको धारणा थियो । ‘कतिपय चलचित्रले समाजमा सोच र विचारमै परिवर्तन ल्याएका छन्, चलचित्र कालजयी पनि हुन्छन्’, उनले भने । 
 

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ७ : ०७ बजे

विश्वकप : अर्जेन्टिनाविरुद्ध १० खेलाडीमा समेटियो स्विट्जरल्यान्ड, खेल १–१ को बराबरीमा

काठमाडौँ – फिफा विश्वकपको रोमाञ्चक क्वार्टरफाइनल खेलमा अर्जेन्टिना र स्विट्जरल्यान्डको

वनफूलले सिँगारिएको ढोरपाटन

बागलुङ– समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन स् एमाले नेता निरज आचार्य

काठमाडौँ – नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता