मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन « Khabarhub

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन


१३ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच समन्वय र सहकार्यविना मुलुकको विकास सम्भावना नहुने धारणा राखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज जनकपुरधाममा आयोजना गरेको ‘अन्तर–सरकार सम्बन्धका सवालहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय नहुँदा कार्यसम्पादनमा अन्योलको अवस्था रहेको बताए ।

आपसी सहकार्य र समन्वयको अभावका कारण जनता केन्द्रित कार्यसम्पादन नहुँदा नागरिकमा वर्तमान शासन व्यवस्थाप्रति निराशा र गुनासा बढ्न थालेका मुख्यमन्त्री सिंहले उल्लेख गर्नुभयो । तीनै तहका सरकारबीच समन्वय र सहकार्यबिना पूर्वाधार विकास, रोजगारी, शिक्षा, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा प्रभावकारी नतिजा हासिल गर्न नसकिने उनको भनाइ छ ।

मुख्यमन्त्री सिंहले संविधान र कानुनले दिएका अधिकारअनुसार तीनै तहका सरकार आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर मुलुकमा रहेका विद्यमान समस्या समाधान गर्न सकिनेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारका काम आमनागरिकले अनुभूति गरेमा मुलुक आर्थिक समृद्धिको मार्गतर्फ आगडि बढ्ने उनले धारणा राखे ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले वर्तमान लोकतान्त्रिक शासन व्यवस्था उत्कृष्ट प्रणाली भएको बताउँदै यसलाई संरक्षण गर्दै जनताका चाहनाअनुसार कार्यसम्पादनमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए । संविधान र कानुनले दिएका अधिकारका विषयमा पटकपटक विवाद हुने गरेकाले विकासले गति लिन नसकेको उनले उल्लेख गरे ।

प्रदेशका वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवले सङ्घीयता सफल बनाउन सबै तहका सरकारबीच समन्वय हुनुपर्ने बताउँदै सङ्घ र प्रदेश सरकार नीतिगत नेतृत्वमा केन्द्रित हुनुपर्नेमा जोड दिए । “सङ्घ र प्रदेशले नीतिगत स्पष्टता दिनुपर्छ, स्थानीय तहले कार्यान्वयनमा जोड दिनुपर्छ”, उनले भने, “त्यसपछि मुलुक समृद्ध बन्दै जान्छ र सङ्घीयताको सौन्दर्य झल्किन्छ ।”

मधेस प्रदेशका पूर्वनीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झासहित अन्तरक्रियामा सहभागी वक्ताले अन्तर सरकारका विषयमा आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न पालिकाका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्रदेश सरकारका मन्त्रीहरूलगायको सहभागिता थियो ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ९ : ५१ बजे

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द