साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू | Khabarhub Khabarhub

साताको कार्टुन : बजेट बाँड्दै ‘बा’हरू


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि गत महिना (जेठ) को १५ गते संसद्‌मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको अनुमानित बजेट पेश गरे । प्रतिनिधि सभाले गत मङ्गलबार उक्त बजेट पारित गरी राष्ट्रिय सभामा पठाइसकेको छ ।

जेठ १५ अघिसम्म अर्थमन्त्री पौडेल यथार्थपरक, कार्यान्वयनयोग्य र सन्तुलित बजेट ल्याउने बताउँदै थिए । तर, जब बजेट सार्वजनिक भयो – प्रमुख पार्टीका ‘बा’हरूको नाममा स्रोत खन्याइएको थाहा भयो । बजेट बाँडबाँडमा राष्ट्रिय सन्तुलन होइन, सत्तापक्ष र प्रतिपक्षी नेताहरूबीच नै भागबण्डा सन्तुलन मिलाइएको देखियो । प्राथमिकताको सिद्धान्तमा पनि उनै ‘बा’हरू परे ।

शहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता स्व. गणेशमान सिंहको नाम जोडेर स्मृति भवन लगायत पूर्वाधार निर्माण गर्न भन्दै ७८ करोड रुपैयाँ बजेट छरेका छन्‌ । कतै पार्टीका भ्रातृसङ्गठनको भवन बनाउन घुमाउरो पाराले बजेट छुट्याएका छन्‌ त कतै निकट सांसद्‌ र व्यक्तिहरूको मागअनुसार केही लाख रुपैयाँ लागतकै आयोजना पनि सङ्घीय बजेटमा छिराइदिएका छन्‌ ।

भौतिक पूर्वाधार मन्त्रालयले त प्रमुख सत्ताघटक नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा बजेट खन्याउन विशेष शीर्षक नै राखेर एक अर्ब १७ करोड रुपैयाँ खन्याइदिएको छ । ओलीको निर्वाचन क्षेत्रमा पर्ने दमक–गौरादह–गौरीगञ्ज लिङ्क कार्यक्रमका लागि ६९ करोड र देउवाको निर्वाचन क्षेत्र डडेलधुराका लागि ४८ करोड रुपैयाँ विनियोजन भएको छ ।

सत्तापक्ष होस्‌ या प्रतिपक्षी; मुलुकको बजेटको ठूलो हिस्सा आफ्नो निर्वाचन क्षेत्रमा खन्याइ चुनावी जीत सुनिश्चित गर्न पार्टी प्रमुख र नेताहरूले कुनै कसर बाँकी राख्ने गरेका छैनन् । उमेरको नेटो काटेका यी ‘बा’हरूले बजेटमा गरेको बिज्याइँले सन्तुलित विकास अवधारणालाई नै विफल बनाइरहेको छ । अझ; देहान्त भइरहेका नेताका नाममा समेत बजेट दोहन गर्ने प्रवृत्ति यथावत्‌ छ ।

प्रस्तुत कार्टुनमा बजेटमाथि ‘बा’हरूको यस्तै हालीमुहालीलाई व्यङ्ग्य गर्न खोजिएको हो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ७ : ०३ बजे

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन

धवलागिरिको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरोन्नतिसम्बन्धी आयोजना

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा