मदन भण्डारी ७४औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

मदन भण्डारी ७४औँ जन्मजयन्ती मनाइँदै


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्ती शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

विशेष गरी नेकपा एमाले र यसमा आवद्ध विभिन्न संघसंगठनले देशभर कार्यक्रम गर्दै छन् ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष कार्यक्रमको आयोजना गर्दैछ ।

कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तका प्रवर्तक मानिने मदन भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

२०५० जेठ ३ गते पार्टी कामको सिलसिलामा पोखराबाट चितवन जानेक्रममा दासढुङ्गा दुर्घटनामा भएको जिप दुर्घटनामा भण्डारीसहित एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ९ : ३२ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै