पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक « Khabarhub

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार– २०८१’ का लागि १५ पुस्तकको विस्तृत सूची (लङलिस्ट) सार्वजनिक गरिएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले  एक विज्ञप्ति जारी गर्दै २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट उत्कृष्ट १५ को सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अनुसार, पुरस्कारका लागि कुल २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएका थिए । पुरस्कार चयन समितिले ती कृतिहरूमध्येबाट पहिलो चरणमा १५ पुस्तक छानेको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, अब यही विस्तृत सूचीबाट आगामी महिना पाँच पुस्तकको संक्षिप्त सूची (सर्टलिस्ट) तयार पारिने छ । उक्त पाँचमध्ये एक कृतिलाई वर्षको उत्कृष्ट पुस्तक घोषणा गरिने छ ।

यस वर्षको सूचीमा उपन्यास विधाको बाहुल्यता देखिए पनि कथासङ्ग्रह, कविता, आख्यान, गैरआख्यान, नियात्रा र संस्मरणजस्ता विविध विधाका पुस्तकहरू पनि समेटिएका छन् ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण पुरस्कारका रूपमा स्थापित छ, जसले हरेक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको छ ।

विस्तृत सूचीमा परेका कृति र लेखकहरू
१. अर्हत (उपन्यास– शैलेन्द्र अधिकारी)
२. उरमाल (आख्यान– छुदेन काविमो)
३. एउटा मायी नगरमा (कथासंग्रह– रमेश क्षितिज)
४. छालबाटो (गैह्रआख्यान– रमेश भुसाल)
५. प्रणाम सगरमाथा (नियात्रा– भवानी खतिवडा)
६. प्रवासीको देश हुन्न (आख्यान– पंचम अधिकारी)
७. पानीको परेड (कविता– दिनेश अधिकारी)
८. बहुरूपी (कथासंग्रह– श्रेयज सुवेदी)
९. रुदाने (उपन्यास– टंक चौलागाईं)
१०. स्व (उपन्यास– सरस्वती प्रतीक्षा)
११. साँझमा सेल्की (कविता– हेम प्रभास)
१२. सार्वणि (उपन्यास– डा. श्रीधर खनाल)
१३. सिमसार (आख्यान– वसन्त बस्नेत)
१४. श्री ५ को सेवामा (संस्मरण– हेमन्त मिश्र)
१५. हिउँको गीत (उपन्यास– तीर्थ गुरुङ)

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १० : ३४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको