दही चिउरासँग धेरै गुलियो नखान सुझाव « Khabarhub

असार १५ : दही चिउरा खाने दिन

दही चिउरासँग धेरै गुलियो नखान सुझाव


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज असार १५ धान दिवस तथा दही चिउरा खाने दिनका रूपमा मनाइँदैछ । नेपालको राष्ट्रिय बाली धानखेती हिमाल, पहाड र तराई गरी सबै भेगमा गरिने भए पनि विशेष गरी तराई र केही पहाडी जिल्लाहरूमा धेरै हुने गरेको छ । 

धान रोपाईँ नेपालका विभिन्न भेग अनुसार फरक फरक तरिकाले गरिन्छ । मुख्यतः धान रोपाईँको तरिका भूगोल, मौसम, पानीको उपलब्धता, जाति समुदाय र स्थानीय परम्परामा आधारित हुन्छ । 

उसो त पछिल्लो समय चैतदेखि नै धान रोप्न सुरु हुन्छ । तर मौसमसँग जोडिएको मानो रोपेर मुरी उब्जाउने महिनाका रूपमा हेरिने असार महिनासँगै रोपाईँको छुट्टै महत्त्व रहेको पाइन्छ । 

दही चिउराको महिमा

दही चिउरा नेपालीको परापूर्वकालदेखिकै मौलिक खाजा हो । तर असार १५ मा किन खाइन्छ त ? यसको ठ्याक्कै इतिहास कसैसँग छैन । 

असारमा खेतीपातीमा लागेका किसानलाई कामको चटारो हुने र दही चिउराले शक्ति प्रदान गरोस् भने खाने चलन चलेको हुनसक्छ भन्ने तर्क कसैको छ भने कसैले कामको चटारो हुँदा समय अभावका कारण छिटो तयार हुने खाजा भनेर दही चिउरा रोजेको हुनसक्ने आङ्कलन गर्छन् । 

तर जानेर होस् या नजानेरै भए पनि हाम्रा पुर्खाहरूले चलाएको दही चिउरा खाने चलन वैज्ञानिक र स्वास्थ्यका हिसाबले एकदमै राम्रो भएको पोषणविद् बताउँछन् । 

पोषणविद् भुपाल बानियाँका अनुसार दिनभर खेतीपातीमा व्यस्त किसानलाई ऊर्जा प्रदान गर्ने स्रोत चिउरा भयो । चिउरामा प्रशस्त मात्रामा कार्बोहाइडेड पाइन्छ भने दहीमा विभिन्न भिटामिन, मिनरल्स र प्रोटिनको सोर्स भएकाले यी खाद्यपदार्थ मिसाएर खाँदा शरीरलाई निकै फाइदा पु याउने हुँदा खाने गरिन्थ्यो । 

जसले काम गर्नलाई ऊर्जा दिन मद्दत गर्थ्यो भने पेटको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउने भएकाले यो वैज्ञानिक र स्वास्थ्यका दृष्टिकोणले एकदमै राम्रो छ । तर पछिल्लो पछिल्लो समय कामकाज केही नगरी त्यही दिनहरूलाई सम्झेर खाने मात्रै प्रचलन रहेकाले कति मात्रामा कसरी खाने भन्ने विषयमा भने विचार पुर्‍याउनुपर्ने उनको भनाई छ । दही चिउरा खाँदा धेरै चिनी नराख्न र थोरै खाजाको रूपमा मात्रै खान सुझाव छ । 

दही चिउरा र स्वास्थ्य 

दही र चिउरा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम र विभिन्न किसिमका भिटामिनको स्रोत भएकाले यसले हाम्रो शरीरमा ऊर्जा प्रदान गर्नुका साथै पेटको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउने पोषणविद् बानियाँ बताउँछन् । 

अहिले गर्मीको मौसम भएकाले दही खाँदा शरीरमा शीतलता प्रदान गर्ने र ठिक्क मात्रामा खाजाको रूपमा खाँदा शरीरलाई फाइदा नै गर्ने उनले बताए । तर कार्बोहाइड्रेडको स्रोत चिउरा र प्रोटिनको मात्रा धेरै भएको दही त्यसैमाथि चिनी मिसाएर खाँदा पखाला लाग्ने लगायत स्वास्थ्यमा विभिन्न समस्या निम्त्याउने खतरा रहने उनको भनाई छ । 

त्यस्तै युरिक एसिड, दूध दहीको एलर्जी हुने समस्या भएका बिरामी, सुगरका बिरामी, दमका बिरामीहरूले खाँदा समस्या बल्झिन सक्ने सम्भावना रहने भएकाले त्यस्ता बिरामीहरूले नखान उनको सुझाव छ । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ११ : ४९ बजे

उत्तर कोरियाको आणविक दौड तीव्र, नयाँ युरेनियम संवर्धन केन्द्र सार्वजनिक

काठमाडौं– उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई थप तीव्र बनाउने

कालिमाटी-कुलेश्वर करिडोर विस्तारसँगै भीममुक्तेश्वर क्षेत्रको आवतजावत सहज (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–१३ अन्तर्गतको भीममुक्तेश्वर क्षेत्र नजिक विष्णुमती नदीको दायाँ

लेबनान–इजरायल युद्धविराम घोषणा

एजेन्सी– अमेरिकी नेतृत्वमा वासिङ्टनमा भएको उच्चस्तरीय वार्तापछि इजरायल र लेबनान

बीस मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

काँक्रेविहार– सङ्घ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २०

तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति

जुम्ला– जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको