प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु | Khabarhub Khabarhub

प्रधानमन्त्री कप अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता शुरु


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता विहीबारबाट शुरु भएको छ ।

८ विश्वविद्यालय सहभागी भएको प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड खेल समावेश छन् ।

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका महासचिव चन्द्र तामाङले जानकारी दिए ।

फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुँदैछ । भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

१ करोड २६ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने महासचिव तामाङले बताए ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ४३ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय