काठमाडौं– तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरू त देख्नै मुस्किल हुन थालेको छ ।
यद्यपि केही ठाउँमा मानिसहरूले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्मती र खोकनाका स्थानीय यति बेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।
असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रूपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन हो ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया