लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ « Khabarhub

लुम्बिनीमा ७२ हजार ५२० हेक्टरमा धान रोपाइँ


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशमा यस वर्ष ७२ हजार हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सकिएको छ । 

धान रोपाइँ गर्ने समय आज असार १५ गतेसम्मको तथ्याङ्कअनुसार हालसम्म ७२ हजार ५२० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । यो जम्मा सम्भावित क्षेत्रफलको २३ दशमलव ९४ प्रतिशत हो । लुम्बिनी प्रदेशमा कूल तीन लाख दुई हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ ।

प्रदेशमा कूल धानखेतीयोग्य जमिन छ लाख ८० हजार १५ हेक्टर जमिन रहेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि मन्त्रालयअन्तर्गत कृषि विकास निर्देशनालयका महानिर्देशक रामप्रसाद पाण्डेले प्रदेशमा पछिल्ला वर्षमा धान उत्पादनमा वृद्धि हुँदै गएको बताए ।

प्रदेशका जिल्लामा रोपाइँको स्थिति फरकफरक देखिएको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने सबैभन्दा कम गुल्मीमा पाँच प्रतिशत मात्र रोपाइँ भएको छ । 

प्रमुख धान उत्पादक जिल्लाका रूपमा कपिलवस्तु र रुपन्देही रहेका छन् । यी जिल्लामा कपिलवस्तुमा २१ दशमलव ८२ प्रतिशत र रुपन्देहीमा २१ दशमलव शून्य छ प्रतिशत धानले क्षेत्रफल ओगटेको छ । सबैभन्दा कम धान रोपाइँ क्षेत्रफल ओगट्ने जिल्ला भने रुकुमपूर्व रहेको छ । त्यस जिल्लाले एक दशमलव ४६ प्रतिशत हिस्सा ओगटेको छ ।

यस वर्ष आजसम्म कपिलवस्तुमा कुल ६५ हजार ८७१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने भए पनि हालसम्म चार हजार ६११ हेक्टरमा रोपाइँ भएको छ । दाङमा ३७ हजार २२५ हेक्टरमध्ये छ हजार ३२८ हेक्टरमा धान रोपाइँ भएको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये १३ हजार ७१४ हेक्टरमा धान रोपाइँ भएको छ ।

यस्तै बाँकेमा ३४ हजार ७११ हेक्टरमध्ये तीन हजार ८१८ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पाजस्ता पहाडी जिल्लामा पनि न्यून रोपाइँ भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा तीन लाख एक हजार ८०९ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो ।

प्रदेश सरकारले धान उत्पादन वृद्धिका लागि प्रदेश सरकारले बीउ उत्पादन, प्रविधि प्रदर्शन, सिँचाइ, सघनता वृद्धि, चैते धान प्रवर्द्धन, रैथाने जात संरक्षणलगायत विविध कार्यक्रम सञ्चालन गरिरहेको महानिर्देशक रामप्रसाद पाण्डेले बताए । 

प्रदेशमा हाल सावित्री, सामा मन्सुली, हर्दिनाथ ६, राधा ४, सुक्खा धान १ र २, गंगासागर १ र २, खुमल बास्मती लगायतका जात हुने गरेको छ । यसका साथै धानका परम्परागत बीउ तिल्की, सिम्थारो, कालानमक, हंशराज, झिनुवा, मनसरा जस्ता स्थानीय जातको प्रयोग पनि बढ्दो छ ।

यसैगरी प्रदेशमा धानखेतीले कूल खाद्यान्न उत्पादनमा ५६ दशमलव १५ प्रतिशत र कूल उपभोग्य खाद्यान्नमा ४३ दशमलव ८७ प्रतिशत योगदान पुर्‍याइरहेको तथ्याङ्क रहेको छ । राष्ट्रिय धान दिवसका अवसरमा प्रदेश कृषिमन्त्री दिनेश पन्थीले लुम्बिनी प्रदेशलाई ‘अर्गानिक’ प्रदेश बनाउने गरी सरकारले विशेष अभियान थालेको जानकारी दिए । सो अभियानको सुरुआत प्रदेशको रुकुमपूर्वबाट गरिएको उनले बताए। 

कृषि सचिव यामनारायण देवकोटाले धान प्रमुख खाद्यान्न बाली मात्र नभई संस्कार र परम्परासँग जोडिएकाले यसको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको बताए ।  रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  २ : ५९ बजे

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली