प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी « Khabarhub

प्रभु साहले संसद्‍मै च्याते निजामती सेवा विधेयक, पारित भए देशमा आगो बाल्ने चेतावनी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


861
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाको रोष्ट्रमबाटै च्यातिदिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले निजामती सेवा विधेयक विभेदकारी रहेको भन्दै रोष्ट्रममै उभिएर च्यातिदिएका हुन् ।

उनले संघीय निजामती सेवा विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी पनि दिएका छन् ।

गरिबको भविष्यमाथि खेलवाड गर्ने गरि आएको विधेयक स्वीकार्य नहुने भन्दै उनले उक्त विधेयक पारित भए गरिवका लागि कालो दिन हुने धारणा राखे । सरकारी जागिरमा गरिवलाई बञ्चित गर्न खोजेको उनले बताए ।

संघीय निजामती सेवा विधेयक पारित गर्ने प्रक्रियामा सहभागी नहुने भन्दै साहले सदन पनि बहिष्कार गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ०३ बजे

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा