भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही « Khabarhub

भिजिट भिसा प्रकरणमा राष्ट्रपति नै मुछिए पनि कारबाही गरौँ : ज्ञानेन्द्र शाही


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भिजिट भिसा प्रकरण छानबिनको लागि संसदीय समिति नै बनाउनुपर्ने बताएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल नै जोडिए पनि कारबाही गर्नुपर्ने शाहीले बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले भिजिट भिसा प्रकरण आजको विषयमात्रै नभएकाले उल्लेख गर्दै जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताएका हुन्।

उनले यस मुद्दालाई कुनै दल विशेषको एजेन्डा नबनाएर सबैले साझा रुपमा अगाडि लैजानुपर्ने बताए।

‘अहिले गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसद्‍मा त एकअर्काप्रति आरोपप्रत्यारोप गरौँला तर नेपाली जनताले के भन्छन्?,’ उनले भने, ‘आज दुबई, कतारतिर जानुस् त त्यहाँ नेपाली दिदिबहिनीलाई बन्धक बनाइएको छ। ७५ हजारभन्दा धेरैलाई आज दुबईमा बन्धक बनाइएको छ।’

उनले ती पीडित नेपालीहरूको चित्कार सरकारले सुन्नुपर्ने बताए । ‘भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? मन्त्री, प्रधानमन्त्री जो भए पनि कारबारही गर्नुपर्छ कि पर्दैन?’, उनले सोधे, ‘त्यसकारण सबैजना एकै ठाउँ उभिएर भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाऊँ।’

उनले सरकारले संसदमा संख्याको आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत आरोप लगाए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४४ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने