‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’ « Khabarhub

‘कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध छ’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

राष्ट्रिय धान दिवसको अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले ‘आफ्नो माटोमा उत्पादन, आफ्नै श्रममा सम्मान, खाद्य सम्प्रभुत्तासहितको आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न कृषिमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘किसानको निरन्तर श्रम, समर्पण र उत्पादनले देशको खाद्य सुरक्षामा अमूल्य योगदान पुर्‍याएको छ । व्यावसायिक कृषि उत्पादन, स्थानीय बालीको संरक्षण, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरण, मल, बीउ र सिँचाइको व्यवस्थापन र खाद्य सुरक्षाका विषयलाई गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिएको छ।’ 

यसको कार्यान्वयनका लागि सबैको साथ, सहयोग र सहकार्यका लागि उनले आग्रह गरे।
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ०७ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने