प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक « Khabarhub

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत तह’ भन्नुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावमाथिको छलफलका क्रममा गृहमन्त्री लेखकले कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तहमा राख्न उपयुक्त हुने प्रस्ताव राखे ।  

‘प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवलदारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरू प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु’, गृहमन्त्री लेखकले भने, ‘प्रहरीको ती दर्जाका कर्मचारीहरूलाई आधारभूत तह भन्नुपर्छ भनेको छु । प्रहरी सेवामा ठूलो सङ्ख्यामा जवान, हवलदार तहसम्मका जनशक्ति हुन्छन् । सबैभन्दा बढी सडकमा खटेर ‘ड्युटी’ गर्ने ती तह भएकाले कानुन निर्माणका क्रममा त्यसलाई आधारभूत तह लेखौँ । बोलीचालीमा पनि आधारभूत तह भनेर प्रयोग गरौँ ।’
    
मन्त्री लेखकले बढी समय खटिने ती तहका प्रहरी कर्मचारीको सेवा सुविधालाई प्राथमिकता दिई प्रहरी ऐन लाउने पक्षमा सरकार रहेको बताए ।
     
‘नेपाल प्रहरीले राष्ट्रको सुरक्षादेखि आफ्नो दायित्व कसरी पूरा गर्छ र नेपाल प्रहरीमा प्रवेश गरेदेखि सेवा निवृत्त हुँदासम्म सम्पूर्ण वृत्तिविकासलगायत समग्र पक्ष राम्रो बनाउने हामी सबैको साझा उद्देश्य हो ।’ गृहमन्त्री लेखकले भने, ‘नेपाल प्रहरीसम्बन्धी कानुन यो देशको सबैभन्दा पुरानोमध्येको एक हो । यो कानुन अहिलेसम्म समयसापेक्ष रूपमा परिमार्जन हुन नसकेका सन्दर्भमा सङ्घीय संसद्को यही अधिवेशनबाट पास गर्ने गरी छिटोछरितो ढङ्गबाट विधेयक अघि बढाइदिनुहुन सबैसँग अनुरोध गर्दछु ।’ रासस
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ५ : ३२ बजे

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान