‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी « Khabarhub

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत फिल्म ‘मुझ्से सादी करोगी’को आइटम गीत ‘काटा लगा’की मोडल शेफाली जरिवालाको पोस्टमार्टम रिपोर्ट अझै आएको छैन ।

मुम्बईको अन्धेरीस्थित आफ्नै घरमा शुक्रबार शेफाली अचेत अवस्थामा फेला परेकी थिइन् । परिवारले अस्पताल पुर्‍याउँदा उनले प्राण छोडिसकेको चिकित्सकहरूले बताएका थिए ।

परिवारले शनिबार उनको अन्त्येष्टिसमेत गरेको छ । उनको मृत्युको कारणबारे विभिन्न दाबीहरू सार्वजनिक भएको छन् । यद्यपि पोस्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।

बलिउड हंगामाले उल्लेख गरेका अनुसार आफूले नियमित लिँदै आएको औषधि सेवन गरेपछि शेफालीले असहज महशुस गरेकी थिइन् । त्यसपछि उनलाई श्रीमान्ले नजिकको अस्पताल लगेका हुन् ।

शेफालीले निधनको दिन दिउँसो एक इन्जेक्सन लिएको प्रहरीले अनुसन्धानबाट खुलेको छ । उनले ‘एन्टी एजिङ’ अर्थात् बुढ्यौली देख्नबाट रोक्ने एन्जेक्सन लिएको खुलेको हो ।

राति नियमित औषधि सेवन गरेपछि उनीमा रक्तचाप घट्ने समस्या देखिएको प्रहरीले बताएको छ । प्रहरीले उनको साथबाट विभिन्न औषधि फेला पारेको छ । प्रहरीले गोपनीयताका कारण ती औषधिहरू सार्वजनिक गर्न मानेको छैन ।

यद्यपि यो घटनामा कुनै शङ्कास्पद तथ्यहरू नदेखिएको प्रहरीले बताएको छ ।

कुपर अस्पतालमा उनको पोस्टमार्टम भएको हो । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै उनको मृत्युको कारण सार्वजनिक गर्न सकिने प्रहरीले बताएको छ ।

शेफालीको ४२ वर्षको उमेरमा निधन भएको हो । उनी ‘बिग बोस सिजन १३’ को प्रतिस्पर्धीसमेत थिइन् । उनी गीत ‘काटा लगा’बाटै चर्चामा आएकी हुन् ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : ०५ बजे

महाधिवेशन अवधिमा नागढुंगा सडक बन्द गर्ने निर्णयविरुद्ध महेश बस्नेतको आक्रोश

काठमाडौं – नेकपा (एमाले)को महाधिवेशन अधिवेशनको अवधिमा नागढुंगादेखि पिप्लामोडसम्मको सडक

११ औं महाधिवेशनको तयारीः मंसिर २५ भित्र महाधिवेशन प्रतिनिधि र सहभागीको कार्ड बनिसक्ने

काठमाडौं – नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ– नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय,

भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न

काठमाडौं– लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ

एभरेष्ट भेट्रान कपमा युनाइटेडको विजयी सुरुवात

मोरङ– मोरङको बेलबारी–१० भाउन्नेस्थित कोशी प्रदेशस्तरीय दोस्रो एभरेष्ट भेट्रान कप