प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत  « Khabarhub

प्राङ्गारिक मल प्रयोग गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्छ : प्रवक्ता महत 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।
  
धान दिवसका अवसरमा विश्व विनायक महिला कृषक समूह र राष्ट्रिय महिला किसान महासंघले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा प्रवक्ता महतले प्राङ्गारिक मल प्रयोग गरेर खेती गर्ने किसानको उत्पादनलाई प्रोत्साहन गर्दै उनीहरूलाई सरकारले अनुदान दिनुपर्ने बताएका हुन् ।

विषादीका कारण मानव स्वास्थ्यलाई समेत असर पर्ने भएकाले अर्ग्यानिक प्राङ्गारिक उत्पादनको माग संसारभर रहेको उनले बताए । उनले धान दिवसको एक दिन मात्रै नभई सधैँ किसानहरू एक भएर स्थानीय उत्पादनमा क्रियाशील हुनुपर्ने धारणा राखे । 

त्यस्तै कांग्रेस केन्द्रीय सदस्य गंगालक्ष्मी अवालेले जलवायु परिवर्तनको असर कृषि क्षेत्रमा समेत देखिएको बताए । उनले विषादी प्रयोग नगरी रैथानी उत्पादनलाई जोड दिन सके उत्पादन बढ्ने र मानव स्वास्थ्यलाई पनि फाइदा पुग्ने धारणा राखे ।  

उनले असार १५ गते दही चिउरा खाने प्रचलन वैज्ञानिक हिसाबले समेत मानव स्वास्थ्यका लागि हितकर रहेको बताए । कार्यक्रममा कांग्रेस प्रवक्ता महतले किसानहरूलाई धानको बिउ प्रदान गरी रोपाई कार्यक्रमको शुभारम्भ गरेका थिए।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : १४ बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने