कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा « Khabarhub

कांग्रेसले तय गर्‍यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको छ ।  

आइतबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठकमा मुख्यरुपमा गठबन्धनको सरकारका साथै भातृसंस्थाका बिषयमा छलफल हुने उनले बताए । केन्द्रीय कार्यसमितिमा केन्द्र सरकारमा रहेका मन्त्रीहरुका साथै प्रदेश सरकारमा सहभागी भएकाहरुले सरकारका कामकारवाहीका बारेमा जानकारी गराउने एजेण्डा तय भएको प्रवक्ता महतले जानकारी दिए ।

उनले क्रियाशिल सदस्यता बितरणका बारेमा समेत महामन्त्रीले जानकारी गराउने तय भएको उल्लेख गरे । 

त्यस्तै तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्नेमा निर्णय लिने बताइएको छ । 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : २३ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले