तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु « Khabarhub

तान्जानियामा बस दुर्घटनाबाट ३८ जनाको मृत्यु


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डार एस सलाम- तान्जानियाको किलिमञ्जारो क्षेत्रको साबासाबा नामक स्थानमा शनिबार साँझ बस र मिनिबस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ ।

राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा दुर्घटनामा दुई महिलासहित ३८ जनाको ज्यान गएको पुष्टि गरिएको छ । साथै, २८ जना घाइते भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिअनुसार, दुर्घटना बसको टायर पञ्चर भएपछि चालकको नियन्त्रण गुम्दा भएको हो । ठोक्किए पछिको आगलागीले क्षति थप भयावह बनाएको बताइएको छ ।

‘दुर्घटनामा परेका मध्ये ३६ जनाको शरीर पूर्ण रूपमा जलेकोले पहिचान गर्न कठिन भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अहिले पनि घाइतेमध्ये ६ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । तान्जानियामा यस्ता घातक सडक दुर्घटनाहरू बारम्बार हुने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनको सन् २०१८ को प्रतिवेदन अनुसार सन् २०१६ मा मात्रै तान्जानियामा १३ हजार देखि १९ हजार जना मानिस सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।
 

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : १० बजे

शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको