आणविक बम बनाउने सोच नभएको इरानी दाबी « Khabarhub

आणविक बम बनाउने सोच नभएको इरानी दाबी


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइ रहेको कुरालाई अस्वीकार गरेका छन्। उनले आणविक ऊर्जाका लागि वैज्ञानिकको साथ लिएको भने स्वीकार गरेका छन्।

विदेश मन्त्रीले शून्य युरेनियम संवर्द्धनको कुरा गरेको तथा शून्य युरेनियम नभए बम प्रहार गर्ने अमेरिकी चेतावनी नै गैर न्यायिक भएको उनको जिकिर छ।

इरानले अमेरिकासँगको कूटनीतिक वार्ताका लागि आक्रमण नगर्ने प्रतिबद्धता गर्नुपर्ने बताएका छन्।

मध्यस्थकर्तामार्फत् अमेरिकाले वार्ताको प्रस्ताव गरेको बताउँदै उनले अमेरिकाले आफ्नो पोजिसन प्रस्ट पार्नु पर्ने बताए। उनले वार्ता भइरहेको समयमा आक्रमण नहुने कुराको ग्यारेन्टीसमेत माग गरेका छन्।

आणविक केन्द्र र सैन्य कमान्डरलाई लक्षित गर्दै इजरायलले लगातार १२ दिन आक्रमण गरेपछि अमेरिकाले इरानमा पनि आक्रमण गरेको थियो। सो आक्रमणपछि अमेरिकाले लगातार सो स्थानको सम्पूर्ण संरचना नास भएको दाबी गर्दै आएको छ।

अर्कोतर्फ इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सीले इरानी आक्रमणले धेरै क्षति गरे पनि पूर्ण नास नगरेको बताए। उनले केही महिनामा नै सो संरचना पूर्ण रूपमा तयार हुने कुरामा जोड दिए। एजेन्सीसँग इरानको सम्बन्ध पनि टाढिएको छ। इरानको संसद्ले नै एजेन्सीसँग सम्बन्ध भङ्ग गर्ने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : ३० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर