डेब्यू फिल्ममा पल शाहसँग स्क्रिन सेयर गर्दै मोडल अञ्जना पुन | Khabarhub Khabarhub

डेब्यू फिल्ममा पल शाहसँग स्क्रिन सेयर गर्दै मोडल अञ्जना पुन


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक पल शाहको डेब्यू निर्माण रहेको फिल्म ‘यानी माया’ को छायाङ्कन साउन पहिलो साताबाट सुरु हुने बताइएको छ ।

अहिले यस फिल्मका लागि कलाकार चयनको काम भइरहेको छ । फिल्मको शीर्ष नायक पल आफैँ हुन् । नायिकामा म्युजिक भिडियोकी चर्चित मोडल अञ्जना पुन फाइनल भएकी छन् । निर्माण पक्षले उनीसँग कागजी सम्झौता भएको सोमबार सार्वजनिक गरेको छ ।

अञ्जनाको यो डेब्यू फिल्म हुनेछ । अर्थात्, डेब्यू फिल्ममै उनले पल शाहसँग स्क्रिन सेयर गर्न पाउने भएकी छन् । यद्यपि उनले केही म्युजिक भिडियोमा पलसँग सहकार्य गरिसकेकी छन् ।

अञ्जना एक दशकदेखि मोडलिङ र म्युजिक भिडियो अभिनयमा सक्रिय छिन् । यही फिल्मबाट विकास सुबेदीले निर्देशनमा डेब्यू गर्दैछन् । फिल्मको लेखक पनि सुबेदी आफैँ हुन् । उनले यसअघि फिल्महरू ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ लेखेका थिए ।

फिल्मको छायाङ्कन बागलुङ र हङकङमा हुने बताइएको छ । फिल्मको निर्माता पल र चन्द्रज्योति आले हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १२ : ४६ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले