अन्तत: परेश रावल फर्किए ‘हेरा फेरी ३’मा « Khabarhub

अन्तत: परेश रावल फर्किए ‘हेरा फेरी ३’मा


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड हिट फिल्म ‘हेरा फेरी’को सिक्वेल ‘हेरा फेरी-३’ अब दर्शकले हेर्न पाउने भएका छन्।

परेश रावल र निर्माण पक्षबीच सहमति भएपछि यस फिल्मको छायाङ्कनको अन्योलता हटेको हो ।

परेश रावलले ‘हेरा फेरी ३’मा आफ्नो अभिनय रहने हिमान्सु मेहताको पोस्डकास्टमा खुलासा गरेका छन् ।

उनले घुमाउरो शैलीमा फिल्मका फर्किएको जानकारी दिँदै भने, ‘म पहिला पनि फिल्म गर्ने पक्षमै थिएँ । केही ट्युनिङ मिलेको थिएन ।’

परेश ‘हेरा फेरी’ सिरिजको शीर्ष कलाकार ‘बावु राव’को भूमिकामा छन् । यस सिक्वेलका निर्मातासमेत रहेका अक्षयसँग उनको सम्बन्ध बिग्रिएको थियो ।

विभिन्न भारतीय मिडियाका रिपोर्ट अनुसार पारिश्रमिकको विषयमा अक्षय र परेशबीच मनमुटाव भएको हो ।

यस फिल्मका लागि परेशले २५ करोड पारिश्रमिक मागेको चर्चा छ ।

परेशले सम्झौतापछि यो फिल्मबाट बाहिरिएको घोषणा गरेका थिए । अक्षयले उनलाई सम्झौता तोडेका कारण कानुनी पत्रसमेत पठाएका थिए ।

उक्त पत्र पाएपछि परेशले आफूले लिएको ११ लाख अग्रिम भुक्तानी र त्यसको ब्याजसमेत फिर्ता गरेका थिए ।’

त्यसपछि यो फिल्ममा उनी नरहने निश्चित जस्तै अवस्था सिर्जना भएको थियो । तर, अहिले परेशले दर्शक सप्राइज हुने खुलासा गरेका हुन् ।

यो पनि : ‘हेराफेरी ३’ विवादले परेश रावल ‍दिक्क – भन्छन्- मुक्ति चाहियो

केहीले फिल्मको प्रचारका लागि अक्षय र परेशले फन्डा रचेको समेत अड्कल लगाएका थिए ।

यस सिरिजमा परेश र अक्षयसहित सुनील सेट्टी पनि छन् । फिल्ममा यी तीनको दोस्ती दर्शकले मन पराएको पाइन्छ ।
‘हेरा फेरी ३’को निर्देशक प्रियदर्शन हुन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  २ : १५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग