युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री « Khabarhub

युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरूले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिश्रोतको रूपमा रहेको बताउँदै उनीहरूले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन । 

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश वर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा कार्यक्रम घोषणा गरेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगार स्वैच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देश भित्रै रोजगारको अवसर सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सीमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजगारीको विभिन्न अवसरहरू सृजना गर्न सरकारले आवश्यक नीति नियम सुधार गरेर जानुपर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भावनाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए । उनले नेपालीहरू थोरै पैसाका लागि बिदेसिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए । 

अगाडि उनले थपे, नेपालीहरू केवल वैदेशिक रोजगारमा जाने मात्रैको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरू सीप, ज्ञान, थोरै भए पनि पुँजी लिएर फर्केर आउनेहरूको संख्यामा पनि उत्तिकै रहेको बताए । 

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : १६ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक