युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री « Khabarhub

युवाहरूले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छ : श्रममन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युवाहरूले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन् । 

सोमबार राष्ट्रिय युवा परिषदद्धारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्तिश्रोतको रूपमा रहेको बताउँदै उनीहरूले स्वदेशमै उद्यमशीलता गर्नु पर्ने बताएका हुन । 

मन्त्री भण्डारीले बाध्यात्मक वैदेशिक रोजगारलाई अगामी दश वर्ष भित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकको रूपमा कार्यक्रम घोषणा गरेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगार स्वैच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन । स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन । तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देश भित्रै रोजगारको अवसर सृजना गर्न श्रम मन्त्रालय संरचना र नीति निर्माण सहित कार्य गरिरहेको छ ।’

उनले रोजगारी सृजना गर्ने कार्य निजी क्षेत्रको भएको हुनाले उत्पादन र उत्पादकत्व बढे स्वतः रोजगारी सृजना हुने जिकिर गरे । संसारको जुनसुकै देशमा सरकारले सीमित संख्यामा मात्रै रोजगारी सृजना गर्ने गरेको बताउँदै निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी रोजगारीको विभिन्न अवसरहरू सृजना गर्न सरकारले आवश्यक नीति नियम सुधार गरेर जानुपर्नेमा जोड दिए । 

मन्त्री भण्डारीले देशभित्रै रहेका रोजगारीका सम्भावनाहरुलाई सही तरिकाले सदुपयोग गर्न नसकेको अवस्था गम्भीर चिन्ताको विषय भएको बताए । उनले नेपालीहरू थोरै पैसाका लागि बिदेसिनु भन्दा स्वदेश मै स्वरोजगार गरेर बस्न सुझाए । 

अगाडि उनले थपे, नेपालीहरू केवल वैदेशिक रोजगारमा जाने मात्रैको लर्को मात्रै छैन, वैदेशिक रोजगारमा गएकाहरू सीप, ज्ञान, थोरै भए पनि पुँजी लिएर फर्केर आउनेहरूको संख्यामा पनि उत्तिकै रहेको बताए । 

मन्त्री भण्डारीले नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रमशक्ति आउने गरेको जिकिर गर्दै ति श्रमशक्तिहरुलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देश भित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताए ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ३ : १६ बजे

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति

नर्वेका प्रधानमन्त्रीको खुलासा : जेलेन्स्की सवार विमान रुसी ड्रोन हमलाबाट मुश्किलले जोगियो

ओस्लो- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विमान मंगलबार मोल्दोभाबाट उडान भर्ने