कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल « Khabarhub

कोशी प्रदेशसभामा प्रतिस्थापन विधेयक टेबुल


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८२’ सदनमा टेबुल भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रस्ताव गरेको सो विधेयक सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भइ विधेयकमा छलफल हुने भएको छ ।

छलफलपछि मन्त्री भण्डारीले आजै जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतमराज अमात्यले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रकुमार राईले आफ्नो नेतृत्वमा बनेको प्रदेश सरकारले कुनै बेथितिको काम नगरेको स्पष्ट पारे । 

सो समयमा बजेटको आकार ठूलो भएकाले जिल्ला जिल्लामा जाने बजेट पनि ठूलै भएको धारणा राख्दै नेता राईले अहिलेको सरकारले सदनमा प्रस्तुत गरेको तथ्यांक र अनुमान गलत छ भने । उनले कानुनसँग नमिल्ने र भविष्यमा प्रभावित पार्न सक्ने योजना तथा नीतिका विषयमा आफू जानकार रहेको प्रष्ट पार्दै सरकारले गैरसरकारी विधेयक र प्रदेशसभा नियमावली विधेयक बजेट अधिवेशनमै छिनोफानो गर्नुपर्ने कुरामा जोड दिए ।

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पाले धान रोप्ने समयमा किसानले सहज ढङ्गले मल नपाएको र कसैले पाइने हालेमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता कहिलेसम्म किसानले भोग्ने सरकारसँग प्रश्न गरे ।

अर्की सदस्य सपना दर्जीले विपद्पछि सरकारले वितरण गर्ने राहत, उद्धार र खोजका निम्ति सरकारले पूर्वतयारी जनस्तरसम्म गर्नुपर्ने ध्यानाकर्षण गराए। उनले यसका लागि स्थानीय सरकार र जनसमुदायसँग सहकार्य गरेर विपद् आउनुअघि पूर्ण तयारी भएर बस्नुपर्ने धारणा राखे ।
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : ०३ बजे

कांग्रेसको महाधिवेशनबारे शंकर तिवारी : हुने छाँट देखिएन, विशेष महाधिवेशनतिर जाऔँ

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले पार्टी केन्द्रले तत्काल

आगो, हिटर र गिजरको प्रयोगमा सावधानी अपनाऔँ : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर– पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित

ओलीको स्थान हदबारे सरकारका प्रवक्ता भन्छन् : चुनावका सबै उल्झन हटाइन्छ

काठमाडौं- सरकारले फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण बनाउन

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको