नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत « Khabarhub

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत भएका भएका छन् । मनोनीत हुनेहरूमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ रहेका छन् ।

न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हर्ब्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति छन् । 

तिनै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारिणी समितिमा मनोनयन गरेका हुन् । 

अध्यक्ष ढकालले मनोनीत तीनै जना सदस्यहरुबाट महासंघको गतिविधिलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ४ : ५५ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर