सेवाग्राही नआएपछि बिहानी सेवा बन्द « Khabarhub

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकामा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ । 

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो । सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबारदेखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। 

सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उनको भनाइ छ ।  

यहाँ केही दिनदेखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । विगतमा दैनिक १०० भन्दाबढी नागरिकता र २०० भन्दाबढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए । 

कतिपय सेवाग्राही बिहानदेखि नै कार्यालयको मूलढोकामा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो । 
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १६ बजे

विश्वकप जित्ने स्पेनको लक्ष्यमा व्यक्तिगत गोल गौण बिषय : यामाल

काठमाडौं – स्पेनको लक्ष्य यसपालीको विश्वकप उपाधि जित्ने रहेको र

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर – बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश

बंगलादेशमा घातक बन्दै विश्वकप, आफैँ नखेले पनि समर्थक उग्र हुँदा हालसम्म १२ जनाको मृत्यु

काठमाडौं- विश्व फुटबलका लागि बंगलादेश परिचित नाम होइन । बंगलादेशले