सेवाग्राही नआएपछि बिहानी सेवा बन्द « Khabarhub

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले बिहान ७ बजेदेखि सेवा दिँदै आएकामा सोचेअनुसार सेवाग्राही नआएपछि बिहानी सेवा बन्द गरेको छ । 

कार्यालयमा नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि गत जेठ ३० गतेदेखि बिहान ७ बजेदेखि सेवा प्रवाह गर्न थालिएको थियो । सेवाग्राही न्यून भएपछि कार्यालयले आइतबारदेखि उक्त समयमा सेवा बन्द गरिएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए। 

सेवाग्राहीको चापलाई मध्यनजर गरी सेवा सुरु गरे पनि सेवाग्राही नियमित समयमा नै आउने भएपछि बिहान १० बजेदेखि पूर्ववत् अवस्थामा सेवा दिन थालिएको उनको भनाइ छ ।  

यहाँ केही दिनदेखि दैनिक औसतमा ४२ जना नागरिकता र ११७ राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । विगतमा दैनिक १०० भन्दाबढी नागरिकता र २०० भन्दाबढी राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका थिए । 

कतिपय सेवाग्राही बिहानदेखि नै कार्यालयको मूलढोकामा लाइनमा बस्ने गरेको अवस्थालाई मध्यनजर गरी बिहानी सेवा प्रवाह सञ्चालन गरिएको थियो । 
 

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली