विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री « Khabarhub

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित ‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अल्पविकसित देशहरू (एलडिसी)का पक्षमा न्यायपूर्ण र समावेशी वैश्विक वित्तीय संरचना निर्माण गर्न आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले एलडिसी समूहको तर्फबाट सम्बोधन गर्दै भने, “म एलडिसी समूहको तर्फबाट यो ऐतिहासिक सम्मेलनमा बोल्न पाउँदा गर्व महसुस गरिरहेको छु।”

उनले आफ्नो सम्बोधनमा पछिल्लो एक दशकमा विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको उल्लेख गरे। “विश्वको जीडीपी ७५ ट्रिलियनबाट ११५ ट्रिलियन पुगेको छ, तर राष्ट्रहरूबीच र राष्ट्रभित्र असमानता झनै चुलिएको छ,” उनले भने।

‘विकासका लागि वित्त’ विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली ।

प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रहरूमाथि ऋणको चाप बढ्दो रहेको, प्रविधिमा एलडिसीहरू पछाडि परेका, जलवायु परिवर्तनको असर तीव्र रूपमा परेको तथा पूर्वाधारको अभावले समृद्धिमा बाधा पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

“जब एकताको सबैभन्दा बढी खाँचो छ, त्यही बेला आधिकारिक विकास सहयोग घट्दै गएको छ,” प्रधानमन्त्री ओलीले भने, “यो दुःखद र चिन्ताजनक छ।”

उनले ‘सेभिया प्रतिबद्धता’लाई परिवर्तनको ढोका भन्दै यसलाई कार्यान्वयन गर्न वैश्विक समुदायसँग स्पष्ट आग्रह गरे। एलडिसीहरूले यस प्रतिबद्धतामार्फत २०३० को दिगो विकास लक्ष्य ९क्म्न्० हासिल गर्न नयाँ वित्तीय ढाँचा तयार गर्ने अवसर पाएको प्रधानमन्त्रीको भनाइ थियो।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : ४५ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान