पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता « Khabarhub

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साङ्घाइ को-अपरेशन अर्गनाइजेशन (एससिओ)द्वारा चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजित पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का स्वदेश फर्किएका छन्।

उनले बैठकमा चीनसँग ऊर्जा सहकार्यका विषयमा विभिन्न छलफल भएको जानकारी दिए । उनले आफ्नो चीन भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरेका छन् । मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानका लागि प्रतिबद्ध रहेको जनाउँदै बैठकमा नेपालले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्यका बारेमा आफूले बैठकलाई अवगत गराएको जानकारी दिए ।

उनले भने, “ऊर्जा अब व्यापारको विषयमात्र होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो, नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकका रूपमा अगाडि बढाउने योजना बनाएको छ ।” यही असार ९ गतेदेखि १३ गतेसम्म चलेको उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता रहेको जनाइएको छ ।

उनले चीनमा रहँदा त्यहाँ रहेका नेपाली समुदायसँग पनि भेटघाट गरेका छन् । मन्त्री खड्का उक्त बैठकमा भाग लिन असार ९ गते राति चीन प्रस्थान गरेका हुन्।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ९ : ११ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान