‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा « Khabarhub

‘बिग बोस’ १९ का प्रतिस्पर्धी रोबर्ट पनि हुने चर्चा


१७ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक सलमान खान प्रस्तोता रहेको शो ‘बिग बोस सिज १९’ अब चाँडै प्रशारणमा आउने भएको छ ।

यस शोको निर्माण पक्षले नयाँ सिजनका प्रतिस्पर्धीलाई सार्वजनिक गरेको छ । यो पटक प्रतिस्पर्धीमा सामाजिक सञ्जालमा भाइरल व्यक्तिहरु समावेश छैनन् ।

यो पटक प्रतिस्पर्धीमा फैसल खान, फेसल शेख उर्फ मिस्टर फैजु, डेजी शाह, तनुश्री दत्ता, खुशी दुबे, विक्रम सिंह, राम कपुर, शरद मल्होत्रा, राज कुन्द्रा, गौरब तनेजा, पारस कलनावत र शशांक व्यासा जस्ता चर्चित अनुहारहरु छन् ।

यो पटक बिग बोसको प्रतिस्पर्धीमा रुपमा एआई रोबर्ट ‘हबुबु’ पनि सहभागी हुने चर्चा छ । यसबारे शोको तर्फबाट आधिकारिक पुष्टि भने भएको छैन ।

यूएईले बनाएको ‘हबुबु’ सात भाषामा बोल्न सक्छ । यसले खाना पकाउने र सरसफाइ गर्नेसमेत आफैँ गर्न सक्छ । यो रोबर्ट केटीको हुलियामा रहने गर्छ ।

रोबर्टले शोमा प्रतिस्पर्धा गर्ने चर्चाले फ्यानहरु उत्साहित देखिन्छन् । यो पटक शोमा केही नयाँ हेर्न पाइने उनीहरुको प्रतिक्रिया छ ।

यो पटक शोको थिम ‘रिवाइन्ड’ हुने बताइएको छ । यस अन्तर्गत अघिल्ला सिजनहरुको झल्को दिने गरी पूराना टाक्सहरु प्रतिस्पर्धीले सामना गर्नेछन् ।

यसको प्रोमो सलमानले जुलाइ ८ देखि १२ भित्र छायाङ्कन गर्ने बताइएको छ । अगस्ट ३ मा यस शोको प्रिमियर हुने निर्माण पक्षले बताएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ५ : २८ बजे

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०

निजी मिडियामा सरकारी विज्ञापन रोक्ने सरकारको निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी अन्तरक्रिया गर्ने

काठमाडौँ– नेपाल प्रेस युनियनले निजी मिडियामा सरकारी विज्ञापन प्रकाशन–प्रसारण गर्न